सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त


  •    न्युजभित्तो/२८ जेष्ठ २०८३, बिहीबार १२:५६ 
  • पाल्हीनन्दन (नवलपरासी), २८ जेठ । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका छन् । गण्डक नहरमा पानी उपलब्ध भएपछि नवलपरासीका रामग्राम नगरपालिका सहित सरावल र पाल्हीनन्दन गाउँपालिकाका किसान यतिखेर खेतमा धान रोप्न व्यस्त भएका हुन् ।

    “नहरमा पानी आएपछि धानखेती गर्न रासायनिक मल अभाव भए पनि कुरेर बस्न सकिएन, धान रोप्न थाल्यौँ, पाल्हीनन्दन –४ पाल्हीमा खेत रोपाइँ गरिरहेको किसान रामसिंह कुर्मीले भन्नुभयो”, उहाँका अनुसार “कतिपय किसानको बीउ छोटो भए पनि नहरमा पानी आएपछि रोपाइँ सुरु गरेका छन् । नहरको पानीका भरमा रोपाइँ गर्नुपर्ने अवस्थाका कारण यस वर्ष नहरको पानी समयमा नै आएकाले रोपाइँ गर्न थालेका हौँ । खेतमा हाल्ने मल छैन, काम गर्ने जनशक्ति पनि छैनन्, यस्तो अवस्थामा पनि धान रोप्नै पर्यो, गत वर्ष पनि मल पर्याप्त नपाएर धान उत्पादन घट्छकी किसानहरुलाई चिन्ता लागेको थियो । यस वर्ष पनि त्यस्तै छ ।”

    रोपाहार नपाउँदा कतिपय किसान घरमा भएका जनशक्ति नै रोपाइँमा जुटेका छन् । गतका वर्षजस्तै यस वर्ष पनि पानी पर्ला भनेर छिट्टो धानको बीउ राखेर किसानले छिटो नै रोप्न थालेका छन् ।

    नवलपरासीको पाल्हीमा धान रोपाइँ गर्दै गरेका किसान त्रिभुवन कुर्मीले भन्नुभयो । बीउ छोटो भए पनि खेतको छेउछाउका किसान रोप्न थालेको देखेर खेतमा ट्याक्टर जाने बाटो बन्द हुन्छ भनेर छोटो बीउ नै रोप्न थालेको बताउनुभयो । अहिले यति बेला पश्चिम गण्डक नहरको उत्तरतर्फ नजिक रहेका र दक्षिणतर्फका अकिांश खेतमा किसानहरुले रोपाइँ गरिरहेका छन् ।

    यस वर्ष गण्डक नहरमा पानी खोल्दा ३२ किमी गण्डक नहरमा ३६ घण्टामै नहर भरी पानी पुुगेको आफूलाई जानकारी आएपछि नहरको पानीबाट किसानले धान रोपाइँ गरेर लाभ लिनुु भए छ पश्चिम गण्डक नहरका प्रमुख तिलकराम बुढाथोकीले जानकारी दिनुुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.