सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पैँतिस करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उत्पादन उद्योग


  •    न्युजभित्तो/२७ जेष्ठ २०८३, बुधबार १२:२३ 
  • काठमाडौँ, २७ जेठ । कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’ उत्पादन सुरु भएको छ । 

    नेपाली ब्रान्ड ‘ओआरए’ले ललितपुरको इमाडोलमा रु ३५ करोडको लगानीमा उद्योग स्थापना गरी अन्तरराष्ट्रियस्तरका स्किन केयर उत्पादन बजारमा ल्याएको जनाएको छ ।

    कम्पनीले कोरियन विज्ञान, अनुसन्धान, प्रविधि तथा उच्च गुणस्तरीय कच्चा पदार्थको प्रयोग गरी नेपालमै विश्वस्तरीय उत्पादन गरिरहेको जनाएको हो । 

    ‘ओआरए ब्रान्ड’ उत्पादन गरिरहेको एनके कस्मेटिक प्रालिका प्रमुख तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएन) का पूर्वध्यक्ष विनोद कुँवरले नेपाली उपभोक्तालाई अन्तरराष्ट्रियस्तरका गुणस्तरीय उत्पादन सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनी स्थापना गरिएको बताउनुभयो ।

    हाल कम्पनीले नौ वटा प्रमुख स्किन केयर उत्पादन बजारमा उपलब्ध गराइसकेको र निकट भविष्यमा थप १० देखि १५ वटा नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । 

    उत्पादन क्षमता विस्तारसँगै कम्पनीले आफ्नै उद्योगबाट एक सयभन्दा बढी प्रकारका कस्मेटिक्स, स्किन केयर तथा व्यक्तिगत सौन्दर्य सामग्री उत्पादन गर्नसक्ने जनाएको छ । 

    कम्पनी नेपाली तथा कोरियन उद्यमीको संयुक्त सहकार्यमा स्थापना भएको हो । मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सौन्दर्य सामग्रीविज्ञ जेहो हुरले उत्पादन विकासमा सहयोग गरिरहेको जानकारी दिइयो ।  

    कम्पनीमा व्यवस्थापन, उत्पादन, मार्केटिङ तथा बिक्री विभागमा प्रत्यक्ष रूपमा २५ जना नेपाली कर्मचारी कार्यरत छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.