सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न


  •    न्युजभित्तो/२७ जेष्ठ २०८३, बुधबार १२:०३ 
  • कर्णाली, २७ जेठ । मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सम्पन्न भएको छ ।

    जल तथा मौसम विज्ञान कार्यालय सुर्खेत र पिपल इन निड (पिन) प्रतिबद्ध–३ परियोजनाको सहकार्यमा मङ्गलबार सुर्खेतको वीरेन्द्रनगरमा उक्त फोरम सम्पन्न भएको हो । फोरममा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले कर्णालीका ३० स्थानीय तहमा अझै मौसम मापन केन्द्र नभएकाले प्रदेश सरकारले त्यसको व्यवस्थापनका लागि आवश्यक उपकरणमा सहयोग गर्ने बताउनुभयो ।

    जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डा इन्दिरा कँडेलले जल तथा मौसमजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्गतका कार्यालयहरूको भूमिका, मनसुन सिजन २०८३ को जलवायु आकलनसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

    पिपल इन निड (पिन) प्रतिबद्ध–३ परियोजना (पिन)का कर्णाली प्रदेश संयोजक उज्ज्वल अधिकारीले मनसुन पूर्वतयारी तथा सम्भावित प्रभावबारे प्रस्तुतीकरण गर्दै २०८३ सालमा मनसुनजन्य विपद्बाट देशभर ५९ हजार ८६८ घरपरिवारका दुई लाख २६ हजार ६६१ जनसङ्ख्या प्रभावित हुने जनाउनुभयो । उहाँले भन्नुभयो, “मनसुनजन्य विपद्बाट ५१ दशमलव १० प्रतिशत महिला र ४८ दशमलव ९० प्रतिशत पुरुष प्रभावित हुने आकलन गरिएको छ । जसमा २१ प्रतिशत वृद्धवृद्धा, आठ प्रतिशत बालबालिका, दुई दशमलव पाँच प्रतिशत अपाङ्गता भएका व्यक्ति र दुई प्रतिशत प्रजनन उमेर समूहका महिलासमेत प्रभावित हुने देखिन्छ ।”

    यसबाट सबैभन्दा बढी लुम्बिनीमा ५१ हजार ६२६ र कर्णालीमा सबैभन्दा कम १३ हजार १७५ जनसङ्ख्या प्रभावित हुने तथ्याङ्कमा उल्लेखछ ।

    फोरममा सामाजिक विकास मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठ, भौतिक सचिव अर्जुनकुमार बम, उद्योग तथा पर्यटन सचिव अजितकुमार कर्णलगायत प्रदेश तथा जिल्ला आपत्काकालीन कार्य सञ्चालन केन्द्र, विषयगत क्षेत्र, विकास साझेदारलगायत क्षेत्रका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.