सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला


  •    न्युजभित्तो/२७ जेष्ठ २०८३, बुधबार ११:२४ 
  • दमौली (तनहुँ), २७ जेठ । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग स्वाद थप्ने परिकारमात्र रहेन, यो आयआर्जन, आत्मनिर्भरता र उद्यमशीलताको नयाँ माध्यम बन्न थालेको छ । वर्षौँदेखि घरघरमा बनाइँदै आएको अचारलाई व्यावसायिक रूपमा विकास गर्न थालेसँगै आयआर्जनको आधार बन्न थालेको हो ।

    यसैबीच महिला उद्यमी सङ्घ नेपाल तनहुँले सञ्चालन गरेको अचार बनाउने तालिमले महिलाहरूमा थप उत्साह थपेको छ । हालै सम्पन्न तालिमपछि धेरै महिलाहरू आफ्नै व्यवसाय सुरु गर्ने योजनासहित भविष्यका सम्भावनाबारे सोच्न थालेका छन् ।

    नेपाली समाजमा अचार बनाउने काम नयाँ होइन । घरायसी परम्पराअनुसार पुस्तौँदेखि अचार बनाउने गरिए पनि तालिमपछि सीपलाई व्यावसायिक रूपमा विकास गर्न तालिमले सहयोग पुगेको स्थानीय आरती खनालले बताउनुभयो । अचार बनाउने कामलाई पहिले सामान्य घरायसी जिम्मेवारीका रूपमा लिने गरे पनि तालिमपछि व्यावसायिक रूपमा विकास गर्ने योजना बनाएको उहाँको भनाइ छ ।
    “पहिले अचार बनाउनु भनेको घरको कामजस्तो मात्रै लाग्थ्यो, तर अब यसलाई व्यवसायका रूपमा अघि बढाएर आम्दानी गर्न सकिन्छ भन्ने विश्वास बढेको छ । सीपलाई सही तरिकाले प्रयोग गर्नसके घरमै बसेर पनि आर्थिक रूपमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने महसुस भएको छ”, खनालले भन्नुभयो ।

    आरतीजस्तै अन्य महिलाहरूले पनि परम्परागत सीपलाई व्यवसायमा रूपान्तरण गर्न सकिने सम्भावना देखेका छन् । तालिमले महिलाहरूलाई अचार बनाउने विधिमात्र नभई उत्पादनलाई बजारयोग्य बनाउने विभिन्न पक्षबारे पनि व्यावहारिक ज्ञान प्रदान गरेको छ ।

    स्थानीय लीला प्रधान श्रेष्ठका अनुसार तालिमले उत्पादनको गुणस्तर कायम गर्ने, सरसफाइमा ध्यान दिने, आकर्षक प्याकेजिङ गर्ने तथा बजारको मागअनुसार उत्पादनलाई प्रस्तुत गर्ने तरिका सिकाएको छ । “पहिले सामान्य तरिकाले बनाइने अचारलाई हाल कसरी व्यावसायिक रूपमा तयार गर्ने भन्ने ज्ञान प्राप्त गभएको छ”, उहाँले भन्नुभयो, “बजारमा प्रतिस्पर्धा गर्न उत्पादनको स्वादमात्र होइन, यसको प्रस्तुति र गुणस्तर पनि उत्तिकै महत्त्वपूर्ण रहेछ भन्ने बुझ्यौँ ।”

    स्थानीय कोपिला थापाले तालिमपछि आफ्नै क्षमतामाथि विश्वास गर्ने आधार बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “घरमा बसेर गरिने कामलाई आम्दानीको स्रोत बनाउन सकिन्छ भन्ने अनुभूति भएको छ । महिलाहरू आर्थिक रूपमा सक्षम भए परिवार र समाजमा उनीहरूको भूमिका अझ सशक्त बन्न सक्छ ।”

    स्थानीयस्तरमा उपलब्ध आँप, कागती, मूला, खुर्सानी, लसुन, अदुवा, टिम्मुरलगायत सामग्री प्रयोग गरेर विभिन्न प्रकारका अचार उत्पादन गर्न सकिन्छ । यसले स्थानीय कृषि उत्पादनको उपयोग बढाउनुका साथै मूल्य अभिवृद्धि गरेर अतिरिक्त आम्दानीको अवसर पनि सृजना गर्छ ।

    उद्यमी सङ्घकी अध्यक्ष निर्मला मल्लले महिलाहरूले प्राप्त सीपलाई व्यवहारमा उतार्दै व्यवसायसँग जोड्नुपर्ने बताउनुभयो । घरासयी प्रयोगका लागि बनाइने अचारको व्यावसायिक उत्पादन गरे आम्दानीको स्रोत बन्ने देखिएपछि महिलाहरूलाई तालिम दिइएको उहाँले जानकारी दिनुभयो ।

    प्रशिक्षक तुलसी शाहले सहभागीलाई विभिन्न प्रकारका अचार बनाउने विधि, सरसफाइका मापदण्ड, गुणस्तर नियन्त्रण, लेबलिङ तथा प्याकेजिङबारे प्रशिक्षण दिनुभएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.