सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटकका आर्कषणमा ऐना पहरा


  •    न्युजभित्तो/२६ जेष्ठ २०८३, मंगलवार १५:३४ 
  • गण्डकी, २६ जेठ । यहाँस्थित तनहुँको ऐना पहरा पर्यटकका लागि आर्कषणको केन्द्रबन्दै गएको छ । 

    पहराको निर्माणकार्य सम्पन्न भएपछि स्वदेशी तथा विदेशी पर्यटकको आर्कषण केन्द्र बन्दै गएको हो । आँबुखैरेनी गाउँपालिका–४ मा रहेको सो पहरा पोखरा–मुग्लिन सडकखण्डमा अवस्थित छ । 

    हालसम्म ७८ हजार ६३३ जनाले टिकट काटेर ऐना पहरा अवलोकन गरिसकेका छन् । अवलोकनकर्ताबाट रु ४५ लाख २२ हजार ९९० आम्दानी भइसकेको छ । पहरा निर्माण गर्न पालिकाले रु एक करोड ४० लाख लगानी गरेको गाउँपालिकाले जनाएको छ । 

    एक समय झाडी र चट्टानले भरिएको स्थान अहिले आकर्षक पर्यटकीय गन्तव्यमा रुपान्तरण भएको छ । यहाँ निर्माण गरिएका जलपरी, बालउद्यान, हात्तीको मूर्ति, चट्टानमा कुँदिएका विभिन्न देवीदेवता, मातृत्व झल्काउने आकृति तथा हिमाली सौन्दर्य प्रतिविम्बित गर्ने कलात्मक संरचनाले आगन्तुकको ध्यान खिच्ने गरेका छन् ।

    ऐना पहराको मुख्य आकर्षणमध्ये झरना पनि एक हो । चट्टानबाट झर्ने पानीको दृश्य, वरपरको प्राकृतिक वातावरण र कलात्मक संरचनाको संयोजनले पर्यटकलाई लोभ्याउने गरेको बताइन्छ । गाउँपालिकाले यस स्थानमा स्काई साइक्लिनिङ, सिसाको पुल र सर्वसाधारणका लागि शौचालयसमेत निर्माण गरिएको छ ।

    त्यस्तै यहाँ झरनामा नुहाउन, थकान मेटाउन, टिकटक बनाउन सर्वसाधारणको भीड लाग्ने गरेको छ । पर्यटन क्षेत्रको टिकट काउन्टरमा कार्यरत कर्मचारी सुशीला गुरुङले हालसम्म ५२ हजार ८१२ नेपाली नागरिक, १० हजार १०३ विद्यार्थी तथा १५ हजार ७६८ जना विदेशी पर्यटकले टिकट काटेर अवलोकन गरेका छन् भन्नुभयो । अवलोकन शुल्क नेपालीका लागि रु ५०, विद्यार्थी रु ३० तथा विदेशी पर्यटकका लागि रु १०० निर्धारण गरिएको छ ।

    पर्यटन प्रवर्द्धनसँगै स्थानीयस्तरमा रोजगारी सृजनामा योगदान पुगेको छ । हाल सात जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।  स्थानीय व्यवसाय, होटल तथा रेष्टुरेन्टमा समेत पर्यटक आगमनले सकारात्मक प्रभाव देखिन थालेको छ ।

    स्थानीय सरकारको पहल, प्राकृतिक सौन्दर्यको संरक्षण र कलात्मक पूर्वाधार विकासको संयोजनले ऐना पहरा छोटो समयमै सफल पर्यटकीय गन्तव्यका रुपमा विकास भएको स्थानीयवासीहरू बताउँछन् । पहारा पर्यटकीयस्थलका रूपमा विकास भएसँगै यस क्षेत्रको आर्थिक गतिविधिमा सकरात्मक प्रभाव देखिन थालेको छ । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून
    रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ
    मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण
    • रास्वपा महाधिवेशन: बन्दसत्र सुरु
    • गुटउपगुटमा नलाग्न सभापति लामिछानेको निर्देशन
    • सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
    • बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.