सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न


  •    न्युजभित्तो/२६ जेष्ठ २०८३, मंगलवार १४:०६ 
  • म्याग्दी , २६ जेठ । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना लक्ष्यअघि नै सम्पन्न भएको छ ।

    म्याग्दी नदीको कटान र बाढीको जोखिममा परेको तातोपानी बस्ती संरक्षणका लागि जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालय पोखराले ठेक्कामार्फत ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण गरेको हो ।

    कार्यालयका इन्जिनियर नरजङ गुरुङले मसारस्थित म्याग्दी नदी किनारमा एक सय दुई मिटर लामो, भुइँमा चार मिटर चौडाइ भएको तीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथी ग्याविन पर्खाल निर्माण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार रु तीन करोड ६८ लाख ८६ हजार ४८६ लागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि आरआरसी÷जेमी जेभीसँग विसं २०८२ वैशाख १० मा रु दुई करोड ७१ लाख ८४४ मा सम्झौता भएको थियो ।

    आगामी असार २० गतेसम्मको ठेक्का अवधि भए पनि लक्ष्यभन्दा एक महिनाअगावै योजना सम्पन्न गरिएको निर्माण कम्पनीका प्रतिनिधि रामचन्द्र कार्कीले जानकारी दिनुभयो । गत माघ महिनादेखि निर्माण थालिएकामा इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुत कम्पनीले पाएको जिम्मेवारी समयमै पूरा गरेको उहाँले बताउनुभयो ।

    विसं २०७८ मा म्याग्दी नदीमा आएको बाढीले तातोपानीस्थित फापरखेत र मसारमा कटान गरेको थियो । मसारमा दुई वटा घर भत्किएका थिए । योजना सम्पन्न भएपछि नदी कटानको जोखिममा रहेको फापरखेतमा रहेको सरस्वती मावि, ज्वालामाई भगवती आमा समूहको भवन र मसारको १७ घरपरिवार लाभान्वित भएका छन् ।

    करिब एक सय परिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि म्याग्दी नदीको कटानको जोखिममा छ । यसअघि ग्यावियन पर्खाल निर्माण गरेर नदी नियन्त्रण गरिँदै आएकामा गत वर्षदेखि पक्की पर्खाल निर्माण गर्न थालिएको वडाध्यक्ष अणबहादुर खड्काले बताउनुभयो ।

    गत वर्ष सङ्घीय सरकारको बजेट सहयोगमा सरस्वती माविको पछाडि ६६ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरिएको थियो ।

    यस्तै, प्रदेश सरकारको सहयोगमा उपल्लो तातोपानी बजार पछाडि ४० मिटर लामो पलम, शेयर र ग्यावियन पर्खाल निर्माण गरिएको थियो । यसपालि प्रदेश सरकारले विनियोजन गरेको रु २० लाख बजेटबाट पनि सोही क्षेत्रमा थप संरचना निर्माण गरिएको छ । प्राकृतिक उपचारस्थलको रूपमा परिचित तातोपानी म्याग्दीको प्रमुख पर्यटकीयस्थल हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून
    रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ
    मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण
    • रास्वपा महाधिवेशन: बन्दसत्र सुरु
    • गुटउपगुटमा नलाग्न सभापति लामिछानेको निर्देशन
    • सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
    • बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.