सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला


  •    न्युजभित्तो/२५ जेष्ठ २०८३, सोमबार १३:०६ 
  • जलेश्वर (महोत्तरी), २५ जेठ । महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डा गाउँबाट शुक्रबारदेखि हराएका बालकको शव पोखरीमा तैरिरहेको अवस्थामा आज फेला परेको छ । 

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार शुक्रबार साँझ ५ः०० बजेतिर आफ्नै घर छेउमा खेल्दाखेल्दै अचानक हराएका स्थानीय रोहीत यादवका तीन वर्षीय छोरा मनिकेश यादवको शव सोही ठाउँमा रहेको पोखरीमा फेला परेको हो । 

    पोखरीमा तैरिरहेको बोराभित्र राखेको र बच्चाको खुट्टादेखि रहेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले बालक मृत अवस्थामा फेला परेको हो ।शव बोरामा राखिएको अवस्थामा फेला परेकाले हत्या भएको आशङ्कासहित घटनाको सूक्ष्म अनुसन्धान भइरहेको प्रवक्ता गोलेले बताउनुभयो । 

    यहाँको जलेश्वर नगरपालिका–१२ निवासी आशुतोष यादवका १२ वर्षीय छोरा गौतम यादव गत जेठ ७ र वडा नं ६ का बुधवा मण्डलका १५ वर्षीय छोरा अभय मण्डल गत जेठ १४ गतेदेखि हराइरहेका छन् । दुवै जनाको खोजी भइहरेको छ । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.