सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बीस विद्यालयलाई ल्यापटप वितरण


  •    न्युजभित्तो/२५ जेष्ठ २०८३, सोमबार १२:५८ 
  • सिमकोट (हुम्ला), २५ जेठ । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा रहेका २० सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरेको छ ।

    शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरिएको हो । करिब रु ४५ लाखबराबरको ४० थान ल्यापटप वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत भलाराम पङ्गालीले बताउनुभयो । गाउँपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधार, विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान तथा डिजिटल सिकाइ वातावरण निर्माण गर्ने लक्ष्यसहित ल्यापटप हस्तान्तरण गरेको हो ।

    प्रमुख प्रशासकीय अधिकृत पङ्गालीले शिक्षामा गरिएको लगानी भविष्यमा मानव संशाधन विकास र समग्र गाउँपालिकाको समृद्धिसँग जोडिएको बताउनुभयो । उहाँले विद्यालयमा ल्यापटप मात्र वितरण गरेर नरोकिने, यसको प्रभावकारी उपयोगका लागि आवश्यक तालिम तथा व्यवस्थापनमा समेत सहयोग गर्ने जानकारी दिनुभयो ।

    सिमकोट गाउँपालिकाले पछिल्ला वर्षहरूमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालय पूर्वाधार सुधार, शैक्षिक सामग्री व्यवस्थापन, शिक्षक क्षमता विकास तथा डिजिटल शिक्षामा लगानी, ग्रामीण क्षेत्रका विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्न भूमिका खेल्न ल्यापटप वितरण गरेको अधिकृत पङ्गालीले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.