सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा


  •    न्युजभित्तो/२५ जेष्ठ २०८३, सोमबार १२:५७ 
  • चन्द्रपुर (रौतहट), २५ जेठ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको रौतहटको चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवन पुनर्निर्माण नहुँदा काममा बाधा भएको छ । भवन अभावले नगरपालिकाबाट गरिने सेवा प्रवाह प्रभावित बनिरहेको छ ।

    विसं २०७५ मा निर्माण गरिएको सुविधासम्पन्न भवन जेनजी आन्दोलनका क्रममा आगोले ध्वस्त भएको थियो । आगजनीबाट भवनको भुँइतला, पहिलो र दोस्रो तला पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । आगलागीबाट रु आठ करोडभन्दा बढीको क्षति भएको प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालले बताउनुभयो ।

    “भवन पुनर्निर्माण हुन नसक्दा नगरपालिकाको दैनिक कार्यसम्पादन प्रभावित बनेको छ”, उहाँले भन्नुभयो । स्थानीय सरकारले नागरिकलाई सहज ढङ्गले सेवा प्रवाह गर्न जतिसक्दो चाँडो भवन पुनर्निर्माण गर्नुपर्ने स्थानीयवासीको माग छ ।

    प्रशासनिक भवन जलेपछि अहिले भाडाको घरबाट नगरपालिकाले कामकाज गर्दैआएको छ । उक्त भाडाको घरमा धेरै शाखालाई एउटै भवनभित्र व्यवस्थापन गर्न कठिनाइ भइरहेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो । एउटै कोठामा एकभन्दा बढी शाखा सञ्चालन गर्नुपर्ने बाध्यता र साँघुरो कार्यस्थलका कारण सेवा प्रवाह गर्न कठिनाइ भइरहेको छ ।

    त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसअन्तर्गतको केन्द्रीय निर्माण वस्तु परीक्षणशाला ललितपुरबाट आएको प्राविधिक टोलीले भवनको संरचनात्मक अवस्थाको स्थलगत निरीक्षण गरेर प्रतिवेदन बुझाएको छ । गत माघमा आगलागीबाट प्रभावित कङ्क्रिट, माटो र खरानीका नमूना सङ्लन गरी प्राविधिक परीक्षणपश्चात अध्ययन गरेर परीक्षणशालाले गैरविनाशकारी तथा अर्धविनाशकारी परीक्षणका नतिजाका आधारमा चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवनमा आवश्यक संरचनात्मक सुदृढीकरण उपाय कार्यान्वयन नभएसम्म तत्काल भवन प्रयोग वा पुनः प्रयोग नगर्न सिफारिस गरेको चन्द्रपुर नगरपालिकाका इन्जिनियर महेश बरालले जानकारी दिनुभयो ।

    पुल्चोक इन्जिनियरिङ क्याम्पस ललितपुरका सहप्राध्यापक डा क्षितिजचरण श्रेष्ठ, उपप्रध्यापक ई अरुण पौडेल, ई कबिन लामिछाने र ई अरुन सुवेदीले उक्त क्षतिग्रस्त भवनको अवस्थाबारे जानकारी लिएको थियो । नगरपालिका भवन पुनर्निर्माणमा रु तीन करोड खर्च लाग्ने अनुमान गरिएको छ । सो भवन पुनर्निर्माण गर्न नगर विकास कोषबाट ३० प्रतिशत अनुदान, ५० प्रतिशत सहुलियत ऋण र २० प्रतिशत नगरपालिकाको लागत सहभागितामा पुनर्निर्माण गर्ने योजना बनाएको नगरप्रमुख सञ्जयकुमार काफ्लेले जानकारी दिनुभयो ।

    भाडाको भवनमा कार्यालय सञ्चालन गर्दा मासिक रूपमा ठूलो रकम खर्च भइरहेको छ भने सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । नगरपालिकाका कर्मचारीका अनुसार पर्याप्त कार्यकक्ष नहुँदा कागजात व्यवस्थापन, बैठक सञ्चालन तथा शाखागत समन्वयमा पनि समस्या देखिएको छ । अहिले भाडाको घरमा नगरपालिकाका प्रमुख काफ्ले र उपप्रमुख जयमाला चौधरीको कार्यकक्ष नै छैन । नगरप्रमुख र उपप्रमुख कर्मचारीको कोठामा गएर कार्यसम्पादन गर्दै आउनुभएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.