सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वकुमारीको समूहलाई प्रसिद्ध तीर्थस्थल भालेश्वर महादेवको दर्शन गराइयो


  •    न्युजभित्तो/२५ जेष्ठ २०८३, सोमबार १२:१४ 
  • काठमाडौँ, २५ जेठ । आठ जना पूर्वकुमारीलाई चन्द्रागिरि भालेश्वर महादेवको दर्शन तथा अवलोकन गराइएको छ । चन्द्रागिरि नगरपालिकाको समन्वयमा प्रसिद्ध तीर्थस्थल भालेश्वर महादेवको विधि विधानअनुसार पूजा, दर्शन तथा त्यस आसपास क्षेत्रका पर्यटकीयस्थलको आइतबार अवलोकन गराइएको हो ।

    त्यसक्रममा कुमारी जात्रा व्यवस्थापन समिति, इन्द्र जात्रा व्यवस्थापन समिति, भैरव जात्रा व्यवस्थापन समितिका पदाधिकारी तथा प्रतिनिधिको सहभागिता रहेको थियो । भ्रमण अवलोकनका साथै धार्मिक तथा आन्तरिक पर्यटनको विकासका विषयमा छलफलसमेत गरिएको थियो ।

    उक्त प्रतिनिधिमण्डललाई चन्द्रागिरि केवलकार स्टेशनमा स्थानीयवासीले स्वागत गरेका थिए । यस वर्षको इन्द्रजात्रामा ऐतिहासिक इन्द्र दहमा लाग्ने मेलामा सहभागिता जनाउन कुमारीहरूलाई निमन्त्रणासमेत गरिएको कुमारी जात्रा व्यवस्थापन समितिका संयोजक गौतम रत्न शाक्यले जानकारी दिनुभयो । यस किसिमको भ्रमणले स्थानीय संस्कृति तथा मूल्यमान्यताको ज्ञान अभिवृद्धि र पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    प्रत्येक वर्ष इन्द्रजात्राका अवसरमा दहमा लाग्ने मेलामा इन्द्रको पूजा गरिन्छ भने वसन्तपुरमा जीवित देवीका रूपमा कुमारीको पूजा तथा गणेश, कुमारी र भैरवको रथ जात्रा गरिन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.