सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह


  •    न्युजभित्तो/२४ जेष्ठ २०८३, आईतवार १७:३१ 
  • दशरथचन्द (बैतडी), २४ जेठ । जिल्लाका विभिन्न स्थानीय तहले गाउँका विभेदकारी नाम परिवर्तन गर्ने अभियान थालेका छन् । यहाँका स्थानीय तहले विगतमा विभिन्न जाति र समुदायलाई अपहेलना गर्नेगरी राखिएका नाम परिवर्तन गर्न थालेका हुन् । 

    यस क्रममा पाटन नगरपालिका–५ मा रहेको डिम्यौडा टोलको नाम परिवर्तन गर्दै सिर्जना टोल राखिएको छ । दलित समुदायको बसोबास रहेको उक्त गाउँलाई अपहेलित तवरले डिम्यौडा भन्ने गरिएकाले नाम परिवर्तन गरिएको वडाअध्यक्ष फुनिसिंह बोहराले जानकारी दिनुभयो । 

    “दलित समुदायको बसोबास रहेकाले त्यहाँ पहिलेका मानिसले होच्याउने गरी टोलको राखेका थिए, त्यसलाई परिवर्तन गरी सिर्जना टोल राखेका छौँ”, अध्यक्ष बोहराले भन्नुभयो, “त्यस बस्तीका मानिसले कलाकौशलबाट विभिन्न सामग्री सिर्जना गर्ने भएकाले सिर्जना टोल राखेका हौँ ।”

    अभियानअन्तर्गत हालसम्म २२ वटा गाउँको नाम परिवर्तन गरिएको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले जानकारी दिनुभयो । जातीयताका आधारमा अपहेलना हुने खालका नामलाई परिवर्तन गरिएपछि स्थानीयले आत्मसम्मान महसुस गरेका उहाँले बताउनुभयो । 

    स्थानीयले पनि वर्षौंपछि जातीय अपमान हुने गरी राखिएका नाम परिवर्तन हुँदा केही सहज महसुस भएको बताएका छन् । “वर्षौंपछि गाउँका नाम परिवर्तन गरिएका छन्, पहिले आफ्नो गाउँको भन्नसमेत असहज हुन्थ्यो, हाल केही सहज महसुस भएको छ”, पाटन–६ का स्थानीय राजु भुलले भन्नुभयो । 

    जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि अपमानित हुने नाम सच्याउने निर्णय गरेर कार्यान्वयनको चरणमा रहेको प्रवक्ता दिनेशप्रसाद भट्टले जानकारी दिनुभयो । “स्थानीयसँग समन्वय गर्दै गाउँको नाम फेर्न प्रस्ताव माग गर्नुका साथै छलफल अघि बढाएका छौँ, यसै वर्षभित्र यहाँका धेरै गाउँका नाम परिवर्तन गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.