सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति


  •    न्युजभित्तो/२४ जेष्ठ २०८३, आईतवार १७:१५ 
  • गोदावरी (कैलाली), २४ जेठ । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालन गरेको छात्रवृत्ति कार्यक्रममार्फत नौ सय १७ जनालाई छात्रवृत्ति प्रदान गरेको हो ।

    उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीलाई संस्थागत विद्यालयमा अध्ययनको अवसर उपलब्ध गराउने उद्देश्यले आर्थिक वर्ष २०८१ यता उक्त सङ्ख्यामा छात्रवृत्ति प्राप्त गरिएको जनाइएको छ ।

    तथ्याङ्कअनुसार आव २०८१ मा दुई सय ७६, २०८२ मा दुई सय ८३ र २०८३ मा तीन सय ५८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको शिक्षा महाशाखा प्रमुख नरेन्द्र खातीले जानकारी दिनुभयो । अघिल्ला वर्षको तुलनामा चालु वर्षमा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको उहाँले बताउनुभयो ।

    यस अवधिमा विज्ञान संकायतर्फ चार सय ७५ जना, व्यवस्थापन संकायतर्फ तीन सय ४३, होटल म्यानेजमेन्टतर्फ ५२ , कानूनतर्फ २७, शिक्षातर्फ नौ र मानविकी संकायतर्फ तीन जनालाई छात्रवृत्ति दिइएको महाशाखा प्रमुख खातीले जानकारी दिनुभयो ।

    चालु आव २०८३ मा मात्रै विज्ञानतर्फ एक सय ७३, व्यवस्थापनतर्फ एक सय ३९, होटल म्यानेजमेन्टतर्फ २६, मानविकीतर्फ दुई , शिक्षातर्फ एक र कानूनतर्फ एक गरी तीन सय ५८ जनालाई छात्रवृत्ति प्रदान गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

    विगतमा संस्थागत विद्यालयहरूमा उपलब्ध छात्रवृत्तिका लागि प्रतिस्पर्धात्मक परीक्षा प्रणालीमार्फत विद्यार्थी छनोट गर्दै आएकामा यस वर्ष एसइईमा प्राप्त नम्बरका आधारमा छात्रवृत्ति प्रदान गरिएको जनाइएको छ ।

    उपमहानगरपालिका प्रमुख गोपाल हमालले छात्रवृत्ति कार्यक्रमले विद्यार्थीलाई उच्च माध्यमिक तहको अध्ययनमा प्रोत्साहन गर्नुका साथै शैक्षिक अवसरको समानता कायम गर्न सहयोग पु¥याइरहेको बताउनुभयो । उहाँले आगामी वर्षहरूमा कार्यक्रमलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाइने बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर कारागारबाट भागेका ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
    कृषि विश्वविद्यालयद्वारा किसानलाई तालिम
    सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
    • माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
    • बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    • जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    • बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.