सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मधेश प्रदेशमा काँडेभ्याकुर


  •    न्युजभित्तो/२४ जेष्ठ २०८३, आईतवार १३:५४ 
  • काठमाडौँ, २४ जेठ । नेपालमा मात्र पाइने काँडेभ्याकुर चराको पहिलोपटक मधेस प्रदेशमा फेला परेको छ । समुद्री सतहदेखि चार सय ४३ मिटरको उचाइमा रहेको चुरे वन क्षेत्रपर्ने बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ को दुधौरा खोला नजिकै उक्त चरा फेला परेको हो । 

    चराविद् हठन चौधरी र सुरज बरालले चरा अवलोकनका क्रममा यही जेठ २१ गते दुधौरा खोलाको पूर्वी शाखा खोला किनारमा यस चराको अभिलेख गर्नुभएको नेपाल पन्छीविद् सङ्घले जनाएको छ ।

    चरा अवलोकनका क्रममा वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी आंशिष पन्त, सुमीसिंह ठकुरी र निश्चल पोखरेल पनि सहभागी हुनुहुन्थ्यो । उचाइका दृष्टिकोणले यो हालसम्मकै सबैभन्दा कम उचाइमा काँडेभ्याकुरकोे पहिलो अभिलेख गरिएको हो । 

    नेपाल पन्छीविद् सङ्घ र मिथिला ‘वाइल्डलाइफ ट्रस्ट’को संयुक्त सहकार्यमा हाल मधेस प्रदेशका आठवटै जिल्लामा चरा सर्वेक्षणको काम भइरहेको छ । पहिलो चरणको सर्वेक्षण जाडोयामलाई लक्षित गरी गत माघ–फागुनमा गरिएको थियो भने दोस्रो चरणमा गर्मीयाम लक्षित सर्वेक्षण हाल यही जेठ १८ गतेदेखि सुरु गरिएको छ ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भूसंरक्षण विभागको अनुमतिमा पर्सा राष्ट्रिय निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष र मधेस प्रदेशका आठै जिल्लाका डिभिजन वन कार्यालयहरूसँग समन्वय गरी सर्वेक्षण सुरु भएको जनाइएको छ ।

    काँडेभ्याकुर नेपालमा मात्र पाइने रैथाने चरा हो । प्रायः पहाडी क्षेत्रमा बढी पाइने यो चरा यसअघि सात प्रदेशमा अभिलेख भइसकेको छ । अब बारा जिल्लामा पनि चरा फेला परेसँगै यसको भौगोलिक फैलावट नेपालका सातवटै प्रदेशमा पुष्टि भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.