सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित


  •    न्युजभित्तो/२४ जेष्ठ २०८३, आईतवार १२:१७ 
  • गाईघाट (उदयपुर), २४ जेठ । जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी सुरु भएकाले असार साउनमा रोपाइँका लागि किसानले राखेको धानको ब्याड सुक्न थालेपछि उदयपुरका किसान चिन्तित बनेका छन् ।

    जिल्लाको त्रियुगा तथा चौदण्डी नगरपालिका क्षेत्रका किसानले रोपाइँ गर्न राखेको धानको ब्याड सुक्न थालेको छ । अति बढी तातो र खडेरीले धानको ब्याड चिरासमेत पर्न थालेको किसान बताउँछन् । ब्याडमा धानको बीउ उम्रन नसक्ने अवस्था आएकामा आफूहरू चिन्तित बनेको त्रियुगा नगरपालिका–१ जोगीदहका किसान मोहनदेव चौधरी बताउनुहुन्छ ।

    त्रियुगा नगरपालिका–१३ पोर्ताहका किसान प्रेमप्रसाद दाहाल भनुहुन्छ, “जेठ १ गते नै असार साउनमा रोपाइँका लागि धानको ब्याड राखेको, तर खडेरी बढेसँगै ब्याड नै चिरा पर्दै जान थालेका कारण धानको बीउ उम्रन नसक्ने अवस्था छ । कतै धानको बीउकै कारण असार अन्तिमदेखि साउनमा रोपाइँ गर्न समस्या हुने हो कि भन्ने चिन्ता लागेको छ ।”

    त्रिनपा–३ भुल्केको दयानाथ भट्टराईका अनुसार जेठको सुरु हप्तादेखि नै बढी गर्मीसँगै तातो र सुक्खा खडेरीले ब्याड नै चिरा पर्न थालेकाले यसपटक धानको बीउ उत्पादन गर्न समस्या हुने र समयमा रोपाइँ गर्न नसकिने हो कि भन्ने चिन्ता लाग्न बताउनुहुन्छ ।

    भुल्के क्षेत्रमा मात्र झण्डै डेढ सयभन्दा बढी धानको ब्याड रहेको र अधिकांश सुक्खाले ब्याडमा चिरा पर्न थालेकाले बिउ उम्रन समस्या देखिएको अर्का किसान कृष्णप्रसाद फँुयाल बताउनुहुन्छ ।

    यस्तै चौदण्डीगढी नगरपालिका–९ ज्यमिरेका कृषक धनपति पौडेलका अनुसार उदयपुरमा असारको तेस्रो हप्तादेखि साउनको तेस्रो हप्तासम्म रोपाइँ हुने गरेको छ । अधिकांश किसानले धानको ब्याड भने वैशाखको अन्तिम हप्तादेखि जेठको पहिलो हप्ताभित्र राख्ने गरेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.