सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला


  •    न्युजभित्तो/२४ जेष्ठ २०८३, आईतवार ११:३९ 
  • सुरुङ्गा (झापा), २४ जेठ । झापाको मेचीनगर नगरपालिका–४ स्थित माताचोक नजिक गोरेटो बाटो छेउमा १५ फिट लामो अजिङ्गर सर्प फेला परेकामा उद्धार गरिएको छ ।

    गएराति करिब ११ बजे स्थानीयवासीले अजिङ्गर देखेपछि तत्काल प्रहरी चौकी बाहुनडाँगीलाई जानकारी गराएका थिए । सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर सुरक्षित रूपमा उद्धार गरी प्रहरी चौकी बाहुनडाँगीमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन बानियाँले जानकारी दिनुभयो । 

    उहाँका अनुसार अजिङ्गरको उद्धार तथा व्यवस्थापनका लागि डिभिजन वन कार्यालय बाहुनडाँगीसँग समन्वय गरिएको छ । 

    यहाँ वन क्षेत्र नजिकका बस्तीमा बेलाबेला अजिङ्गर, हात्ती तथा अन्य वन्यजन्तु प्रवेश गर्ने गरेका छन् । प्रहरीले यस्ता वन्यजन्तु देखिएमा नजिक नजान र तत्काल सम्बन्धित निकायलाई खबर गर्न स्थानीयलाई आग्रह गरेको छ । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर कारागारबाट भागेका ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
    कृषि विश्वविद्यालयद्वारा किसानलाई तालिम
    सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
    • माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
    • बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    • जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    • बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.