सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘ग्रिन पोखरा, क्लिन पोखरा’


  •    न्युजभित्तो/२२ जेष्ठ २०८३, शुक्रबार १६:२८ 
  • गण्डकी, २२ जेठ । पोखरालाई स्वच्छ र हराभरा बनाउने उद्देश्यले सुरु गरिएको ‘ग्रिन पोखरा, क्लिन पोखरा’ अभियानअन्तर्गत आज छ हजार बढी बोटबिरुवा रोपिएको छ । विश्व वातावरण दिवसको अवसर पारेर पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा वृक्षरोपण गरिएको हो ।

    नगरप्रमुख धनराज आचार्यको उपस्थितिमा पोखरा उपत्यका नगर विकास समितिको कार्यालय परिसरमा विभिन्न प्रजातिका फलफूलका बोट रोपिएको नगर कार्यालयले जनाएको छ । पोखरालाई हरित सहरका रूपमा विकास गर्न ‘ग्रिन पोखरा, क्लिन पोखरा’ अभियान थालिएको नगरप्रमुख आचार्यले बताउनुभयो । सोहीअन्तर्गत पोखरामा मेगा वृक्षरोपण अभियान सञ्चालन भइरहको उहाँको भनाइ छ ।

    महानगरले हरेक परिवारलाई आआफ्नो स्थानमा बोटबिरुवा लगाएर उक्त अभियानमा योगदान गर्न आह्वान गरेको छ । घर तथा पसल अगाडि लगाइएका बिरुवाको नियमित गोडमेल तथा संरक्षण गर्न महानगरले सर्वसाधारणलाई  अनुरोध गरेको छ । सहरको सौन्दर्यीकरणसँगै वातावरणीय स्वच्छता प्रवर्द्धनका लागि महानगरले पोखराका मुख्य सडक क्षेत्रमा फूल रोप्न सुरु गरेको हो ।

    वन विज्ञापन अध्ययन संस्थापन र वन तथा वातावरणविज्ञको सुझावका आधारमा वृक्षरोपण अभियान सञ्चालन गरिएको नगरप्रमुख आचार्यले उल्लेख गर्नुभयो । उहाँका अनुसार पोखराको सात सय किमी सडक, झन्डै ६७ किमी नदी तथा खोलाकिनार, २९ सार्वजनिकस्थलको एक सय २५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका दुई लाख २६ हजार बोटविरुवा लगाउने महानगरको योजना छ । 

    पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले ‘ग्रिन पोखरा, क्लिन पोखरा’को अभियानलाई सार्थक तुल्याउन नगरवासीले आफ्नो घरछेउका बोटबिरुवा संरक्षणको दायित्व लिनुपर्ने बताउनुभयो । वातावरणलाई सफा, स्वच्छ र हराभरा बनाउनका लागि महानगरपालिका सधँै नगरवासीको साथमा रहेको उहाँको भनाइ छ ।

    विज्ञहरूको सुझावअनुसार महानगर क्षेत्रमा वर, पिपल, शमी, पैयुँ, कोइरालो, टाँकी, लालीगुराँस, असारे, आँप, अमला, अशोका, कल्की फूल, राइखन्यु, गुलमोहर, बैँस, लालुपाते, कागज पाते, पालम, धुपी, बाँस, खयर, सिसौ, पाखुरी, राजवृक्ष, रातो पाते, सिना एक्साटाविलिस, टिकोमा, कपुर, लिची, किम्बु, बेल, अम्बा, निमारो, कदम, रुद्राक्ष, बेडुला, नारेश्वर, जङ्गली केरालगायत बोटबिरुवा रोप्न सकिन्छ ।

    गण्डकी प्रदेश राजधानी पोखरामा भइरहेको बढ्दो आवादी र तीव्र सहरीकरणले वातावरणीय स्वच्छतामा चुनौती थपिएको छ । बेलाबेलामा यहाँको वायु गुणस्तर पनि खस्कने गरेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.