सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा


  •    न्युजभित्तो/२२ जेष्ठ २०८३, शुक्रबार १६:१२ 
  • नेपालगञ्ज, २२ जेठ । किसानलाई आवश्यक पर्ने रासायनिक मल बाँकेमा मौज्दात रहे पनि वितरण हुन नसक्दा किसान मर्कामा परेका छन् । कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्जमा डिएपी, युरिया र पोटास पर्याप्त परिमाणमा मौज्दात रहेपनि प्रदेशस्तरीय मल व्यवस्थापन समितिले वितरणसम्बन्धी निर्णय नगर्दा धानको बीउ राख्ने समयमा किसानले मल पाउन सकेका छैनन् ।

    कृषि सामग्री कम्पनीका अनुसार हाल डिएपी ४८४ दशमलव ३०० मेट्रिक टन, युरिया ५०७ दशमलव ५५० मेट्रिक टन र पोटास १०२ दशमलव ४०० मेट्रिक टन मौज्दात छ ।

    कम्पनीका प्रमुख पुष्पराज श्रेष्ठले प्रदेशस्तरीय मल व्यवस्थापन समितिबाट निर्णय भई पत्र प्राप्त हुनासाथ मल वितरण सुरु गरिने बताउनुभयो । उहाँका अनुसार जिल्लाका लागि छुट्याइएको परिमाणअनुसार सम्बन्धित स्थानीय तहमा मल पठाइनेछ । “निर्णय भएपछि जिल्लाको कोटा निर्धारण हुन्छ । त्यसपछि सोहीअनुसार स्थानीय तहमा मल पठाइन्छ”, उहाँले भन्नुभयो ।

    श्रेष्ठले किसानले रासायनिक मलमा ७० प्रतिशत अनुदान पाउने जानकारी दिँदै वितरण प्रक्रिया जटिल भएकाले किसानले समयमा मल प्राप्त गर्न कठिनाइ भोग्नुपरेको स्वीकार गर्नुभयो । “मल वितरणसम्बन्धी कार्यविधि यस्तै छ, हामीले व्यवस्थापनको काम मात्रै गर्ने हो”, उहाँले भन्नुभयो । रासायनिक मलको लक्ष्यअनुसार आपूर्ति हुन नसक्दा बेलाबेलामा अभावको अवस्था सिर्जना हुने गरेको उहाँले बताउनुभयो ।

    साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, नेपालगञ्जका प्रमुख वासुदेव उपाध्यायले निगममा केही परिमाणमा रासायनिक मल मौज्दात रहे पनि वितरण सुरु नभएको जानकारी दिनुभयो । प्रदेशस्तरीय निर्णयपछि स्थानीय तहलाई कोटाअनुसार केही दिनभित्रै मल उपलब्ध गराइने उहाँले बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारले स्थानीय तहका लागि छुट्याएको कोटाअनुसार सम्बन्धित पालिकाले किसानलाई मल वितरण गर्ने व्यवस्था छ ।

    यसैबीच, बाँकेमा किसानले धानको बीउ राख्न सुरु गरिसकेका छन् । कृषि ज्ञान केन्द्र, नेपालगञ्जका अनुसार जिल्लाका धान उत्पादनका प्रमुख क्षेत्र डुडुवा, नरैनापुर, खजुरा, जानकी र बैजनाथलगायत स्थानमा धानको बीउ राख्ने काम सुरु भएको छ ।

    ज्ञान केन्द्रका अनुसार किसानले राधा–४ सहित स्थानीय तथा ‘हाइब्रिड’ जातका धानको बीउ राखिरहेका छन् । बाँकेका किसान जयपाल मौर्यले गत वर्ष मौज्दात रहेको मल प्रयोग गरेर यस वर्ष धानको बीउ राखेको बताउनुभयो । तर तरकारीजस्ता लहरे बालीका लागि भने मल अभाव कायमै रहेको उहाँको गुनासो छ ।

    उहाँका अनुसार केही किसानले गत वर्ष बचत रहेको मल प्रयोग गरेर धानको बीउ राखेका छन् भने केही किसान मल प्रयोग नगरी नै बीउ राख्न बाध्य भएका छन् । “धेरै ठाउँमा मल खोजिरहेका छौँ, तर जेठको अन्तिम सातातिर मात्रै आउँछ भन्ने सुनिरहेका छौँ”, उहाँले भन्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन्: राष्ट्रपति
    ‘ग्रिन पोखरा, क्लिन पोखरा’
    अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
    • त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
    • विश्व वातावरण दिवस: दिगो, जलवायु र वातावरणमैत्री विकास आवश्यक
    • बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
    • सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.