सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम


  •    न्युजभित्तो/२१ जेष्ठ २०८३, बिहीबार १६:०८ 
  • धौलागिरी (म्याग्दी), २१ जेठ । म्याग्दीमा २०औँ जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस रक्तदान कार्यक्रम गरी मनाइएको छ । जिल्लास्थित संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको आयोजनामा बेनीको वीरेन्द्रचोकमा आयोजित कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । 

    नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र बेनीले प्राविधिक सहयोग गरेको थियो भने बेनी नगरपालिका-७ को कार्यालयले आर्थिक सहयोग गरेको थियो । समितिका संयोजक पदम किसानले जातीय विभेद र छुवाछूतविरुद्ध सामाजिक चेतना अभिवृद्धि गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

    “मानवताको सबैभन्दा ठूलो उदाहरण रक्तदान हो । जसले जात, धर्म, वर्ग वा समुदाय छुट्याउँदैन । यो जीवनदानको आधार पनि हो”, संयोजक किसानले भन्नुभयो । रगत सबैको सबैलाई चल्छ भन्ने सन्देश दिन कार्यक्रमको आयोजना गरिएको उहाँले उल्लेख गर्नुभयो । 

    दलित अधिकारकर्मी लालु किसानले दलित समुदायमाथि हुने विभेद अन्त्यका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नभई सामाजिक व्यवहारमा परिवर्तन आवश्यक रहेको धारणा राख्नुभयो । रक्तदान कार्यक्रमले सामाजिक सद्भाव र मानव एकताको सन्देश प्रवाह गरेको उहाँको भनाइ छ । 

    विसं २०६३ जेठ २१ गते तत्कालीन संसद्ले नेपाललाई ‘जातीय छुवाछूतमुक्त राष्ट्र’ घोषणा गरेको थियो । सोही ऐतिहासिक घोषणाको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गते जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाउन थालिएको हो ।

    संविधानले सबै नागरिकलाई समान अधिकारको व्यवस्था गरेको तथा जातीय भेद्भाव र छुवाछूतलाई कानुनले निषेध गरे पनि समाजका विभिन्न क्षेत्रमा अझै विभेदका घटना हुने गरेका छन् । यस्ता कुरीति अन्त्य गर्दै समानता, सामाजिक न्याय र मानवअधिकारको सुनिश्चितता गर्ने उद्देश्यले यो दिवस देशभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै आइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो
    भुवनेश्वर पशुपति मन्दिरमा दर्शनार्थीको चाप
    खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव
    • निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिलाहरु अन्ततः सम्पर्कमा
    • ‘ऐेन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छौँ’
    • प्रदेशवासीको समस्या बुझ्न ‘हेलो सिएम’ कक्ष
    • प्रक्षेपणअनुसार बाढीको खतरा छैन: विभाग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.