सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार


  •    न्युजभित्तो/२१ जेष्ठ २०८३, बिहीबार १५:५३ 
  • राँझा(बाँके), २१ जेठ । बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरवास (होमस्टे) मा आउने पाहुनालाई  स्थानीय क्षेत्रमा उत्पादन भएका स्वादिला खानेकुराले  स्वागत गर्ने गरिएको छ । 

    बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका गाभर भ्याली, खड्कवार सामुदायिक घरवास (होमस्टे) र राप्तीसोनारीको नयाँगाउँमा रहेका घरवासमा  स्थानीय उत्पादन प्रवर्द्धनको लागि पाहुनालाई ढिक्री, घोँगी, सिद्राको अचार खुवाएर स्वागत गर्ने गरिएको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले जानकारी दिनुभयो । 

    गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्छ । यहाँबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ । थारू र मुगाली समुदायद्वारा सञ्चालित गाभर भ्याली घरवासमा दैनिक करिब ५०० आन्तरिक पर्यटक आउने गरेका छन् ।

    यहाँ पाहुनालाई बाँके राष्ट्रिय निकुञ्जमा हात्ती सफारी र जङ्गल सफारीको व्यवस्था  छ । यहाँ आउने पाहुनाहरु स्थानीय उत्पादनसँगै प्राकृतिक दृश्यावलोकनमा आकर्षित हुने गरेको च्यामा घरवासका सञ्चालक गणेश दहितले बताउनुभयो ।

    बाँके निकुञ्ज घुम्न आउने पर्यटक अहिले घरवासमा उपलब्ध हुने विभिन्न उत्पादनबाट तयार हुने खानेकुरा खान आर्कषित भएका नयाँगाउँ ७ नम्बर घरवास  सञ्चालक शोभा थारूले बताउनुभयो । यहाँ आएका पाहुनालाई स्थानीय जातका कुखुरा, ढिक्री, घोँगीलगायतका परिकारले सत्कार गर्ने गरिएको छ ।  

    नेपालगञ्जबाट करिब २५ किलोमिटरको दूरीमा रहेको नयाँगाउँ होमस्टे २०७२ सालमा सञ्चालनमा आएको हो । सुरुमा सात घरमा सञ्चालन गरिएको घरवास अहिले १३ घरमा सुरु भइसकेको छ । 

    घरवास नजिकै वनस्पति उद्यान, ढकेरी वनभोजस्थल र बाँके राष्ट्रिय निकुञ्जको हात्तिसार रहेकोले आन्तरिक पर्यटकको चहलपहल हुनेगरेको नयाँगाउँ होमस्टेका अध्यक्ष मङ्गल थारुले बताउनुभयो ।

    बाँकेका पाँच सामुदायिक घरवासमा ५० घरपरिवार आबद्ध छन् । २०७० सालमा सुरु भएको बाँकेको पहिलो गाभर भ्याली सामुदायिक अहिले नेपालकै नमूना घरवासका रुपमा चिनिन्छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.