सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित


  •    न्युजभित्तो/२१ जेष्ठ २०८३, बिहीबार १३:३२ 
  • गाईघाट, २१ जेठ । मनसुनमा आएको परिवर्तनसँगै त्रियुगालगायत जिल्लाका विभिन्न भागमा केही दिनयता अत्यधिक गर्मी बढेका कारण जनजीवन प्रभावित बन्न थालेको छ ।

    अत्यधिक गर्मी बढ्न थालेपछि दिउँसो विभिन्न काममा हिँडडुल गर्न तथा गाईबस्तु चराउन जान समस्या हुन थालेको छ । अत्यधिक गर्मीका कारण तातो हावा चल्दा कतिपय विद्यालयका विद्यार्थी कक्षाकोठामै अध्ययनकै क्रममा बेहोस भएर ढल्ने घटना देखा पर्न थालेको विद्यालयका शिक्षकले बताएका छन् ।

    त्रियुगा नगरपालिका–१ जोगीदह बरगाछीका स्थानीय देवीप्रसाद ढुङ्गानाका अनुसार एक हप्तायता अत्यधिक गर्मी बढ्न थालेपछि दिनमा गाईबस्तु चराउन जङ्गल–पाखातिर जान कठिनाइ भएको बताउनुहुन्छ ।

    ढुङ्गाना भन्नुहुन्छ, “एक हप्ता अगाडिसम्म दिउँसो ११ः०० बजे गाईबस्तु जङ्गलमा लगेर चराउने गरेका थियौँ, तर अहिले अत्यधिक गर्मी बढ्न थालेपछि बिहानै गाईबस्तु जङ¬्गल लैजाने गरेका छाँै ।” दिनमा घाँस दाउरा र मेलापात पनि गर्मीका कारण जान नसक्ने भएपछि घर वरिपरि शीतलमा बसेर दिन बिताउन बाध्य हुन परेको जोगीदह कङग खोलाका उमानाथ खनाल बताउनुहुन्छ ।

    त्रियुगा नगरपालिका–११ गाईघाट शान्ति नगरटोलका ७० वर्षीय वृद्ध होमबहादुर कार्की भन्नुहुन्छ, “केही दिनयता अत्यधिक गर्मी बढेपछि घुमघाम गर्न नसक्दा साथीसँग भेटघाट नै बन्द जस्तै भएको छ ।”

    त्रियुगा नगरपालिका–३ भुल्के सत्यदवी माविका शिक्षिका देविका दाहालका अनुसार, अत्यधिक गर्मीका कारण विद्यार्थी कक्षा कोठामा बेहोस भएर ढल्ने गरेका छन् । मौसम विदहरुका अनुसार एक हप्तादेखि त्रियुगा क्षेत्रको तापक्रम ४०ं डिग्री सेल्सिएससम्म पुग्न थालेको छ ।

    अत्यधिक गर्मीका कारण दिनमा समेत गाईघाट बजार क्षेत्र सुनसानजस्तै हुने गरेको स्थानीय व्यवसायी रमेशलाल साह बताउनुहुन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.