सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विदेशबाट फर्किपछि माछापालनः लाखौँ आम्दानी गर्दै लालझाडीका ‘चौधरी’


  •    न्युजभित्तो/२१ जेष्ठ २०८३, बिहीबार १३:३० 
  • महेन्द्रनगर, २१ जेठ । सात वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका कञ्चनपुरको लालझाडी गाउँपालिका–४ का विजयकुमार चौधरी स्वदेश फर्केर माछापालनमा व्यस्त हुनुहुन्छ । 

    जिल्लामा माछा पालेर नाम कमाउनुभएका उहाँलाई उत्कृष्ट किसानका रुपमा यही जेठ १५ गते कृषि, वन तथा पर्यावरण मन्त्रालयलबाट छनोट भई राष्ट्रपति रामचन्द्र पौडेलबाट रु दुई लाखको राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार पाउनुभएका उहाँकोे कृषिप्रतिको लगाव अझ बढेको छ । उहाँले १५ जनालाई रोजगारी दिनुभएको छ ।

    “राष्ट्रपतिबाट सम्मान पाउँदा हौसला थपिएको छ ।” उहाँले भन्नुभयो, “अब गाउँका युवालाई पनि कृषि र उत्पादनमुखी काममा लगाउने व्यवसाय सञ्चालन गर्ने योजनामा छु ।”

    सात वर्षदेखि सिकलपट्टी जाइमा तीन बिघामा माछापोखरी बनाएर मत्स्य उत्पादनमा लागेका चौधरीले निकट भविष्यमा थप पाँच बिघा जमिन भाडामा लिएर माछापालन गर्ने बताउनुभयो ।

    “वार्षिक ४५ क्विन्टल माछा बिक्री गरिरहेको छु ।” उहाँले भन्नुभयो, “सबै खर्च कटाएर वर्षमा नौ लाख पचास हजारसम्म बचत हुन्छ । माछा उत्पादन तथा बजारीकरणका लागि सरकारले वातावरण मिलाइदिनुपर्ने चौधरीको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लहान खानेपानी संस्थानद्वारा बक्यौता असुलीमा कडाइ
    साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो
    भुवनेश्वर पशुपति मन्दिरमा दर्शनार्थीको चाप
    • खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव
    • निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिलाहरु अन्ततः सम्पर्कमा
    • ‘ऐेन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छौँ’
    • प्रदेशवासीको समस्या बुझ्न ‘हेलो सिएम’ कक्ष

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.