सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह


  •    न्युजभित्तो/२१ जेष्ठ २०८३, बिहीबार १२:१३ 
  • रसुवा, २१ जेठ । कोष तथा लेखा नियन्त्रक कार्यालय रसुवाले कानुन बमोजिम इजाजत लिएर मात्र मदिरा, सुर्ती, गुट्खालगायत अन्तशुल्कजन्य वस्तुको बिक्री वितरण तथा कारोबर गर्न सम्बद्ध व्यवसायीहरूसँग आग्रह गरेको छ ।

    विना इजाजत मदिरा एवं सूर्तीजन्य वस्तुको कारोबार भइरहेको भन्ने जानकारी प्राप्त भएकाले कानुन विपरीत काम नगर्न अनुरोध गर्दै त्यसो गरेको पाइएमा अन्तःशुल्क ऐन बमोजिम कारबाही गरिने कोलनिकाले स्पष्ट गरेको छ ।

    जिल्ला सदरमुकाम धुञ्चेसहित स्याफ्रुबेँसी, टिमुरे, थाम्बुचेत, बेत्रावती, जिबजिबे, पारच्याङलगायतका व्यापारिकस्थलका केही व्यवसायीले इजाजतपत्र नलिइकन मदिरा तथा सूर्तीजन्य वस्तुको कारोबार गरिरहेको भन्ने जानकारी प्राप्त हुनासाथ कोलनिकाले जनचेतनासहित प्रचारप्रसारको कामलाई प्राथमिकता दिएको छ ।      

    प्रमुख कोष नियन्त्रक विन्ध्या कार्कीले जिल्लास्थित उद्योग वाणिज्य सङ्घका प्रतिनिधिसहित सम्बद्ध पेसामा आबद्ध व्यवसायीको सहभागितामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।    

    जिल्लास्थित प्रमुख कोष नियन्त्रक कार्कीका अनुसार हालसम्म गोसाइँकुण्ड गाउँपालिकाका ७४ जना, आमाछोदिङ्मो गाउँपालिकाका एक जना, कालिका गाउँपालिकाका २४ जना, नौकुण्ड गाउँपालिकाका चार जना तथा उत्तरगया गाउँपालिकाका छ जना व्यवसायीले मात्र अन्तःशुल्क बिक्री–वितरणको अनुमति लिएका अभिलेख छ ।

    कोलिनिकाले जिल्लामा अझै पनि उल्लेख्य सङ्ख्याका व्यावसायीले इजाजत नलिइकन कारोबार गरिरहेको देखिएकाले यथासक्य छिटो इजाजतपत्र लिएरमात्र पेशाव्यवासय गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ । अन्तःशुल्कको अनुमति प्राप्त गर्न आन्तरिक राजस्व कार्यालय, गल्छीबाट स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने प्रमुख कोष नियन्त्रक कार्कीले जानकारी दिनुभयो ।

    जिल्लास्थित कोलनिकाले  चालु आवको साउनदेखि चैत मसान्तसम्म अन्तःशुल्क शीर्षकबाट रु आठ  लाख ९९ हजार ७५० राजस्व सङ्कलन गरेको जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडक: पहिरा पन्छाउन सकस
    चितवनमा चिकित्सकको आन्दोलन: ओपीडी बन्द हुँदा ११ हजारभन्दा बढी बिरामी प्रभावित
    वेसहाराको सहारा बन्दै चितवन मानव सेवा आश्रम
    • पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
    • विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
    • चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता
    • स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.