सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ


  •    न्युजभित्तो/२० जेष्ठ २०८३, बुधबार १४:३८ 
  • सुरुङ्गा (झापा), २० जेठ । नेपाली प्रहरीले पाँच किलो गाँजा र १४ ग्रामभन्दा बढी ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।

    विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले विर्तामोड नगरपालिका–४ स्थित एक घरबाट पाँच किलो ९० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी सुमन बानियाँले जानकारी दिनुभयो ।

    सोही क्रममा लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका–७ का ३० वर्षीय विनोद मगर र भोजपुरको हतुवागढी गाउँपालिका–४ का करिब २० वर्षीय सागर राईलाई पक्राउ गरेको छ ।

    यसैबीच, झापा गाउँपालिका–४ टाघनडुब्बा क्षेत्रबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

    भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका व्यक्तिमाथि शङ्का लागेपछि मङ्गलबार प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको टोलीले चेक जाँच गर्ने क्रममा दमक नगरपालिका–१० निवासी ३२ वर्षीय सुरज रायको साथबाट छ ग्राम एक मिलीग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

    मोरङको विराटनगर महानगरपालिका–३ का ४२ वर्षीय बाबुराम दर्जीको साथबाट पनि प्रहरीले आठ ग्राम ७० मिलीग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको थियो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको प्रहरीले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडक: पहिरा पन्छाउन सकस
    चितवनमा चिकित्सकको आन्दोलन: ओपीडी बन्द हुँदा ११ हजारभन्दा बढी बिरामी प्रभावित
    वेसहाराको सहारा बन्दै चितवन मानव सेवा आश्रम
    • पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
    • विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
    • चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता
    • स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.