सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सांस्कृतिक सम्पदाका प्रतीकका साथ नेपाल प्रदर्शनीमा सहभागी


  •    न्युजभित्तो/२० जेष्ठ २०८३, बुधबार ११:२४ 
  • काठमाडौँ, २० जेठ । सांस्कृतिक महत्वका सम्पदाका प्रतीकका साथ नेपाल अन्तरराष्ट्रिय प्रदर्शनीमा सहभागी भएको छ ।

    सांस्कृतिक विविधता, मित्रता र मानवीय एकताको भावनालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको प्रतिनिधिमण्डलका जीवनसाथीको क्लब ९युएनडिएससी०ले आज न्युयोर्कमा आयोजना गरेको वार्षिक युएन इन्टरनेशनल बजारमा संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगले नेपालका समृद्ध सांस्कृतिक सम्पदा तथा मौलिक पहिचानका प्रतीकात्मक सामग्री प्रस्तुत गरेको छ ।

    उक्त नियोगका अनुसार बजारमा नेपालले परम्परागत कला, हस्तकला तथा विभिन्न सांस्कृतिक सामग्रीको आकर्षक प्रदर्शनीमार्फत आफ्नो सिर्जनशीलता, सीप र राष्ट्रिय पहिचान झल्काएको थियो । नेपाली स्टलमा राखिएका सामग्रीले आगन्तुकको ध्यान आकर्षित गरेको थियो ।

    बजारमा  विश्वका विभिन्न मुलुकले आ–आफ्ना मौलिक उत्पादन, परिकार, संस्कृति र परम्परासँग सम्बन्धित सामग्री  प्रदर्शन गरेका थिए । 

    उक्त नियोगले संस्कृति, मित्रता र सहानुभूतिमार्फत अझ समावेशी, एकताबद्ध र आपसी सम्बन्धयुक्त विश्व निर्माणमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.