सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लमजुङका गन्तव्य प्रवर्द्धन गरिँदै


  •    न्युजभित्तो/१९ जेष्ठ २०८३, मंगलवार १६:२२ 
  • गण्डकी, १९ जेठ । विश्वमा पहिलोपटक आठ हजार मिटरभन्दा अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको दिन भोलि (बुधबार) अन्नपूर्ण आरोहण दिवसलाई ट्रेकिङ एजेन्सिज एशोसिएन (टान) गण्डकी प्रदेशले लमजुङको दोर्दी गाउँपालिकाका क्षेत्रका विभिन्न गन्तव्यको प्रवर्द्धन गर्ने भएको छ ।

    सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई लासनालले पहिलो पटक आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण गरेको अवसरमा प्रत्येक वर्ष जुन ३ लाई अन्नपूर्ण आरोहण दिवसका रुपमा मनाउने प्रचलन छ । 

    उक्त दिवस हरेक वर्ष अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा मनाउने गरिएकोमा यसवर्ष ७६ औँ आरोहण दिवसमा लम्जुङको दोर्दी गाउँपालिकाका गन्तव्यलाई समेटिएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

    अध्यक्ष आचार्यले  यसवर्ष  जेठ २० र २१ मा अन्नपूर्ण आरोहण दिवस मनाउन लागेको बताउनुभयो । उक्त दिन दोर्दी क्षेत्रका पदमार्गको पहिचान र प्रवद्र्धनसँगै स्थानीय कला–संस्कृतिको संरक्षण तथा जलवायु परिवर्तनले पर्वतीय पर्यटन र वातावरणमा पारेको प्रभाव लगायतका विषयमा अन्तरक्रिया गर्न लागिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.