सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक


  •    न्युजभित्तो/१९ जेष्ठ २०८३, मंगलवार १६:१९ 
  • तानसेन (पाल्पा), १९ जेठ । मखमलको चोली, गलामा पहेँलो पोते र परम्परागत झोला भिरेका मगर समुदायका महिलाहरु डालामा स्थानीय परिकारका बटुक, चकाउनी, बारा, सेलरोटी र अचार बिक्रीमा व्यस्त छन् । 

    तानसेन नगरपालिका–६, बर्तुङमा आयोजना गरिएको सडक खाना महोत्सवमा उनीहरुले तयार पारेका पाकवानको स्वाद लिन आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो देखिन्छ ।

    पर्यटकहरु सांस्कृतिक कार्यक्रममा रमाउँदै स्थानीय परिकारको स्वाद लिइरहेका थिए । महोत्सवको आकर्षणमा रैथाने खाना बटुक, चुकाउनी, हाँसको छोइला, पकौडा, चटामरी, मासको बारा, सेलरोटी, यःमरी, मेवाको अचारलगायत छन् । पछिल्लो समय ‘फास्ट फुड’मा रमाउने युवाहरु पनि मौलिक खानाको स्वाद लिन व्यस्त देखिन्थे । बटुक, चुकाउनीलगायतका परिकार बनाउन व्यापारीलाई भ्याइ–नभ्याइ देखिन्थ्यो । 

    महोत्सवमा विशेष गरी मगर र नेवारी समुदायलगायतका १५ भन्दा बढी परिकारका कक्ष राखिएको छ । दर्शकले स्थानीय खानाको स्वादसँगै विभिन्न जात जातिका भेषभुषा, नाचगान र स्थानीय राष्ट्रिय कलाकारको प्रस्तुति सहित मनोरञ्जन समेत लिए ।

    तानसेनको भीमसेनटोलमा पनि सडक  खाना महोत्सवमा आयोजना  गरिएको थियो । भीमसेन टोल विकास संस्थाको आयोजनामा भएको महोत्सवमा दर्शक तथा पर्यटकको उल्लेख्य सहभागिता रहेको जनाइएको छ । महोत्सवमा स्थानीय परिकार, सांस्कृतिक प्रस्तुति, हस्तकलाका सामग्री तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले सहभागीलाई आकर्षित गराएको आयोजकले जनाएको छ ।

    स्थानीय मौलिक खानाका परिकार यःमरी, हाँसको छोइला, बटुक, सेलरोटी, चुकाउनीलगायतका परिकारका साथै स्थानीय कलाकारद्वारा नेवारी समुदायको धिमे र लाखे नाँच तथा मगर समुदायको घाटु र लिलि घोडा नाच प्रदर्शन गरिएको थियो । 

    स्थानीय खानाको संरक्षण, खानाको खानाको प्रवद्र्धन र पर्यटन विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जानकारी दिँदै भीमसेनटोलमा सञ्चालन हँुदै आएको खुला वाचनालयलाई व्यवस्थित गर्दै लैजानेमा जोड दिएको आयोजक भीमसेन टोल विकास संस्थाका अध्यक्ष प्रकाशनाथ गोंगलले बताउनुभयो । टोलको सरसफाईलगायतका सामाजिक कामका लागि आवश्यक रकम जुटाउने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ । 

    पछिल्लो समय सडकमा महोत्सव आयोजना गरी परम्परादेखि घरमा खाने परिकार आगन्तुकलाई खुवाउन महिला समूह, विभिन्न जातजाति सम्बद्ध समूह, टोल विकास संस्था सक्रिय  छन्  । स्थानीय मगर, नेवार, ब्राह्मण, क्षेत्री, कुमाल समुदायमा प्रचलित खानाका परिकार महोत्सवमा राखिने गरिएको छ । 

    सडक खाना महोत्सव हुँदा विभिन्न खानाका परिकार चाख्न पाइएको तानसेनका स्थानीय मोहन श्रेष्ठले बताउनुभयो । सडक महोत्सवले महिला तथा अन्य समूहको आम्दानीसमेत बढाएको उहाँको भनाइ छ । 

    यसप्रकारका महोत्सवबाट स्थानीय खानाको प्रचारप्रसार हुनुका साथै आम्दानीमा टेवा पुगेको तानसेन–५, कैलाशनगरकी शान्ता ढकालको भनाइ छ । 

    महोत्सवका लागि तानसेन नगरपालिकाले समेत सहयोग गर्दै नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । सडक खाना महोत्सवले पर्यटन तथा व्यवसाय क्षेत्रमा आएको मन्दी कम गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लमजुङका गन्तव्य प्रवर्द्धन गरिँदै
    पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक
    सुरक्षा संयन्त्रको अध्ययन समितिको म्याद थप गर्ने सरकारको निर्णय
    • बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु
    • नेपाली सेनाः संयुक्त राष्ट्रसङ्घको विश्वसनीय र भरपर्दो शान्ति सैनिक
    • अन्नपूर्ण हिमाल आरोहण दिवसमा दोर्दीमा पर्यटन प्रवर्द्धन कार्यक्रम
    • मे महिनामा भित्रिए एक लाखभन्दा बढी विदेशी पर्यटक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.