सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मे महिनामा भित्रिए एक लाखभन्दा बढी विदेशी पर्यटक


  •    न्युजभित्तो/१९ जेष्ठ २०८३, मंगलवार १६:०३ 
  • काठमाडौँ, १९ जेठ । सन् २०२६ को मे महिनामा एक लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार मेमा एक लाख दुई हजार ६२६ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । उक्त सङ्ख्या गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो । 

    बोर्डका अनुसार गत वर्षको मे महिनामा ८६ हजार २१६ पर्यटक नेपाल आएका थिए । कोरोना महामारी अगाडि सन् २०१९ को मे महिनामा ७८ हजार ३२९ विदेशी नेपाल घुम्न आएका थिए ।

    मे महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतका रहेका छन् । उक्त महिनामा भारतबाट मात्र ४० हजार ७८२ पर्यटक नेपाल घुम्न आएका छन् । यस्तै, दोस्रोमा चीनबाट ११ हजार ५१४, तेस्रोमा संयुक्त राज्य अमेरिकाबाट नौ हजार एक, चौँथोमा बङ्गलादेशबाट पाँच हजार २९८ र पाँचौँमा संयुक्त अधिराज्यबाट तीन हजार ३७५ पर्यटक नेपाल घुम्न आएका छन् ।

    यस्तै, क्षेत्रगत रूपमा विश्लेषण गर्दा सबैभन्दा बढी सार्क मुलुकबाट ४७.२ प्रतिशत, अन्य एसियाली मुलुकबाट १९.९ प्रतिशत, युरोपबाट १३.१ प्रतिशत, अमेरिका क्षेत्रबाट १०.३ प्रतिशत र अस्ट्रेलियारन्युजील्यान्ड क्षेत्रबाट ३.१ प्रतिशत, मध्यपूर्वबाट एक दशमलव पाँच प्रतिशत र अन्य मुलुकबाट ४.५ प्रतिशत विदेशी नेपाल आएका छन् ।

    श्चिम एसियाली मुलुकमा देखिएको द्वन्द्वका कारण नेपालको पर्यटनमा केही असर देखिएको छ । तर, अन्तरराष्ट्रिय बजारमा नेपालप्रतिको बढ्दो विश्वास र पर्यटकीय गतिविधिका कारण आगामी दिनमा यो सङ्ख्या अझै बढ्ने अपेक्षा गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लमजुङका गन्तव्य प्रवर्द्धन गरिँदै
    पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक
    सुरक्षा संयन्त्रको अध्ययन समितिको म्याद थप गर्ने सरकारको निर्णय
    • बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु
    • नेपाली सेनाः संयुक्त राष्ट्रसङ्घको विश्वसनीय र भरपर्दो शान्ति सैनिक
    • अन्नपूर्ण हिमाल आरोहण दिवसमा दोर्दीमा पर्यटन प्रवर्द्धन कार्यक्रम
    • मे महिनामा भित्रिए एक लाखभन्दा बढी विदेशी पर्यटक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.