सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वीरगञ्ज नाकाबाट करिब आठ अर्बको दलहन आयात


  •    न्युजभित्तो/१९ जेष्ठ २०८३, मंगलवार १३:१४ 
  • वीरगञ्ज (पर्सा), १९ जेठ । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै रु सात अर्ब ९७ करोड बराबरको दलहन आयात भएको छ । यहाँबाट विभिन्न सात प्रकारका दलहन नेपाल आयात गरिएको हो ।

    गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाकाबाट हुने आयातमा मूल्यको आधारमा रु दुई अर्ब २४ करोड अर्थात् २२ प्रतिशतले गिरावट आएको छ । जबकी गत आवको १० महिनामा यहाँबाट रु १० अर्ब २१ करोड मूल्यका दलहन आयात गरिएको थियो ।

    वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको १० महिनामा मूल्यको आधारमा दलहनको आयात २२ प्रतिशतले कमी आएको बताउनुभयो । उहाँका यस अवधिमा रु तीन अर्ब २० करोड मूल्य पर्ने मुसुरोको दाल आयात भएकामा गत आवको १० महिनामा रु चार अर्ब ५० करोडको मुुसुरो दाल आयात भएको थियो ।

    यसैगरी, चालु आवका १० महिनामा रु दुई अर्ब चार करोड मूल्य पर्ने सिसी÷राजमा आयात भएको छ । गत वर्ष सोही अवधिमा भने रु दुई अर्ब ७४ करोडकोे सिमी÷राजमा आयात भएको थियो । चालु आवको १० महिनामा रु एक अर्ब ९२ करोड मूल्यको चना आयात भएको छ भने गत आवको सोही अवधिमा भने रु दुई अर्ब १७ करोडको आयात भएको थियो ।

    चालु आवको १० महिनामा रु ४२ करोड मूल्यको अन्य गेडागुडी आयात भएको छ भने गत आवको सोही अवधिमा रु ४५ करोड ८८ लाखको आयात भएको सूचना अधिकारी विष्टले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.