सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज ‘हिट एक्शन डे’ मनाइँदै


  •    न्युजभित्तो/१९ जेष्ठ २०८३, मंगलवार ११:३७ 
  • काठमाडौँ, १९ जेठ । आज विश्वभर पाँचौँ संस्करणको ‘हिट एक्शन डे-२०२६’ मनाइँदै छ । अत्यधिक गर्मीको जोखिमबारे जनचेतना फैलाउने र गर्मीबाट सुरक्षित रहने उपायहरु साझा गर्ने उद्देश्यले यो दिवस मनाइन्छ । 

    अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्घ (आईएफआरसी)को आह्वानमा मनाइने यो दिवसको मुख्य विषयवस्तु ‘इनडोर हिट’ रहेको छ । दिवसमा घर, विद्यालय, कार्यस्थल तथा हेरचाह केन्द्रमा बढ्दो तापक्रमका कारण मानव स्वास्थ्यमा पर्ने जोखिमप्रति विशेष ध्यान केन्द्रित गरिएको छ ।

    ‘हिट एक्शन डे’ पहिलो पटक सन् २०२२ मा सुरु गरिएको थियो ।  त्यसयता रेडक्रस तथा रेडक्रिसेन्टका राष्ट्रिय संस्थाहरू, स्थानीय सरकार, समुदाय र साझेदार संस्थाहरूको सहभागितामा विश्वव्यापी रूपमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन् । 

    जलवायु व्यवस्थापन विद् डा धर्मराज उप्रेतीले जलवायु परिवर्तनले निम्त्याएको बढ्दो गर्मीबारे सुरक्षित रहने उपायहरु साझा गर्ने उद्देश्यले दिवस मनाउने गरिएको बताउनुभयो । “विश्वको औसत तापमान वृद्धि १.५ डिग्रीबाट बढ्दो र समुन्द्री सतहमा पनि तापक्रममा आएको परिवर्तनका कारण विकसित  हुँदै एल निनोको प्रभावले नेपाललगायत एशियाली देशमा यस वर्षको मनसुनमा तापक्रम औसतभन्दा बढी हुने प्रक्षेपण गरिएको छ”, उहाँले भन्नुभयो, “तराईमा पुनः प्रि–मनसुन गतिविधिमा कमी आउने हुँदा वर्षा कम र गर्मी बढी हुने सम्भावना छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
    ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
    निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
    • नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    • हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु
    • शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी
    • बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.