सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार


  •    न्युजभित्तो/१८ जेष्ठ २०८३, सोमबार १५:४५ 
  • भोजपुर, १८ जेठ । जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार गरिएको छ । लामो समयपछि यो क्षेत्र राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको हो ।

    वडा कार्यालयको पहल तथा सम्बन्धित निकायको समन्वयमा पोल, तार, ट्रान्सफर्मर तथा आवश्यक सामग्री व्यवस्थापन गरेर गाउँमा विद्युत् विस्तार गरिएको हो । यससँगै लुङ्गिनका अधिकांश बस्तीमा विद्युत् पहुँच पुगेको वडा कार्यालयले जनाएको छ ।

    वडाध्यक्ष विचारी थापाले गाउँका सबै क्षेत्रमा विद्युत् सेवा विस्तार गरिएको जानकारी दिँदै यसले स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । “विद्युत् पहुँच विस्तारसँगै यहाँका नागरिकको दैनिकी सहज बनेको छ”, उहाँले भन्नुभयो, “अब शिक्षा, स्वास्थ्य, सञ्चार तथा साना उद्योग व्यवसाय सञ्चालनमा टेवा पुग्नेछ ।”

    स्थानीय महेश्वरी कार्कीले विद्युत् विस्तारपछि घरायसी कामकाज सहज बनेको बताउनुभयो । उहाँका अनुसार बत्ती बाल्न, खाना पकाउन उपकरण प्रयोग तथा बालबालिकाको पढाइमा सहज भएको भएको हो । “पहिले दियो तथा टुकी बत्तीको भर पर्नुपथ्र्यो, बिजुली आएपछि हाल धेरै सजिलो भएको छ । घरायसी काम र विशेष गरी बालबालिकाको पठनपाठनमा सहज भएको छ ।”

    विद्युत् सेवा विस्तारसँगै स्थानीयस्तरमा साना तथा घरेलु उद्योग सञ्चालनमा पनि सहज भइरहेको स्थानीयवासी हेमराज कार्कीले बताउनुभयो । कृषिजन्य उत्पादन प्रशोधन, सिलाइ–कटाइ, कुटानीपिसानी मिल सञ्चालनजस्ता क्रियाकलापमा पनि यसले सहयोग पुगेको उहाँको भनाइ छ ।

    गाउँमा विद्युत् पुगेपछि सूचना तथा सञ्चार प्रविधिको पहुँच विस्तार, डिजिटल सेवाको प्रयोगमा वृद्धि भएको स्थानीय शम्भु राईले बताउनुभयो । स्थानीय तहले आगामी दिनमा विद्युत् सेवाको दिगोपना तथा नियमित आपूर्तिका लागि आवश्यक समन्वयलाई निरन्तरता दिने जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.