सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हत्या अभियोगमा एक जना पक्राउ


  •    न्युजभित्तो/१८ जेष्ठ २०८३, सोमबार १४:०४ 
  • सुरुङ्गा (झापा), १८ जेठ । झापाको मेचीनगर नगरपालिका–१५ नीलकोठीमा कुटपिटबाट एक जनाको मृत्यु भएका घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार आइतबार राति मेचीनगर–१५ नीलकोठी निवासी ५५ वर्षीय रुद्र श्रेष्ठको कुटपिटका कारण मृत्यु भएको थियो । घटनामा संलग्न भएको आरोपमा तनहुँ घर भई हाल मेचीनगर–१५ स्थित माँ पाथीभारा प्लाई फ्याक्ट्रीमा काम गर्दै आएका ३५ वर्षीय रामबहादुर गौतमलाई पक्राउ गरिएको हो । 

    आपसी विवादका क्रममा गौतमको कुटाइबाट गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएकामा उपचारकै क्रममा आज बिहान मृत्यु भएको थियो ।

    घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गोताखोरको दैनिक भत्ता दुईसय मात्र !
    कृषि विश्वविद्यालयमा १५ दिनमा १५ काम
    हत्या अभियोगमा एक जना पक्राउ
    • लोक सेवा आयोगको ७६औँ स्थापना दिवस भव्य रूपमा मनाइने
    • ‘प्रदेशको पत्रकारिता क्षेत्रलाई समावेशी र न्यायपूर्ण बनाउन जरुरी छ’
    • चियाबारीको हरियालीमा फक्रिँदै ल्वाङको पर्यटन
    • १३ बुँदे घोषणा पत्र जारी गर्दै सकियो बागमती साहित्य महोत्सव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.