सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छोरी सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’


  •    न्युजभित्तो/१८ जेष्ठ २०८३, सोमबार ११:३० 
  • कर्णाली, १८ जेठ । कर्णालीका छोरीहरूको सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’ जारी गरिएको छ । ज्योति फाउन्डेसनले सुर्खेत वीरेन्द्रनगरमा आज सम्पन्न ‘कर्णाली छोरी सम्मेलन–२०८३’ कार्यक्रमबाट ‘दश बुँदे कर्णाली घोषणापत्र’ जारी गरेको हो ।

    जेठ १६–१७ गतेसम्म सञ्चालन भएको कार्यक्रममा कर्णालीका छोरीहरूबाट प्राप्त सुझावका आधारमा १० बुँदे कर्णाली घोषणापत्र सार्वजनिक गरिएको छ । सम्मेलन मुलतः कर्णालीका छोरीहरूको उज्ज्वल भविष्य निर्माणका लागि बाधक बनेका बालविवाह, लैङ्गिक विभेद, कुप्रथालगायत विभेदहरूको अन्त्यका लागि प्रदेश तथा स्थानीय सरकारसँग रणनीति एवं कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न माग राखेको छ ।

    त्यसैगरी, महिनावारीसँग सम्बन्धित विभेदकारी र हानिकारक अभ्यासहरू समूल नष्ट गर्दै महिनावारीलाई मर्यादित र सुरक्षित बनाउन सङ्घ, प्रदेश र स्थानीय कानुनको पूर्ण कार्यान्वयन गर्न सरोकारवाला निकायसँग माग गर्ने, विद्यालय तथा सामुदायिक संस्थामा महिनावारी आराम कक्षको व्यवस्था गरी महिनावारी स्वच्छता सेवा तथा आवश्यक सामग्रीको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ ।

    छोरीहरूको उच्च शिक्षा अध्ययनका लागि कर्णाली प्रदेश सरकार र ७९ वटै स्थानीय तहलाई छोरी विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न तथा सञ्चालनमा रहेका कार्यक्रमलाई व्यवस्थित तथा उपलब्धिमूलक बनाउन, सामुदायिक र संस्थागत विद्यालयमा गुणस्तरीय एवं समावेशी भौतिक संरचना निर्माण गर्न तीनै तहका सरकारसँग माग राख्दै प्रविधिको दुरुपयोगबाट हुने हिंसा र दुव्र्यवहारको अन्त्यका लागि प्रभावकारी कानुनी, शैक्षिक र संरचनागत सुधारको पैरवी गर्ने घोषणापत्रमा उल्लेख छ ।

    विद्यालय एवं समुदायस्तरमा किशोर–किशोरीमैत्री यौन तथा प्रजनन स्वास्थ्य शिक्षा, आवश्यक सूचना केन्द्र तथा सेवा र जीवनोपयोगी सीप एवं रुपान्तरणकारी शिक्षा प्रवर्द्धन, २०८० साल कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट भत्किएका विद्यालय पुनर्निर्माणका लागि तत्काल पहल गर्न र पठनपाठनको प्रभावकारी प्रबन्ध गर्न माग गरिएको छ ।

    त्यसैगरी, छोरीहरूलाई खेलकुद तथा अतिरिक्त क्रियाकलापमा सहभागी गराउने वातावरण निर्माणका लागि सबै स्थानीय तह एवं समुदायस्तरमा प्रवर्द्धनात्मक क्रियाकलाप सञ्चालन गर्न माग गर्दै घोषणपत्रले २०८२ साल वैशाख २७, २८ र २९ गते सम्पन्न कर्णाली छोरी सम्मेलन (पहिलो संस्करण)बाट जारी गरिएको घोषणापत्रका बुँदाहरू कार्यान्वयन गर्न सरोकारवालाको पुनः ध्यानाकर्षण गराएको छ ।

    सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सहकार्य एवं समन्वयमा ज्योति फाउन्डेसनले दुई दिनसम्म सञ्चालन गरेको सम्मेलनमा कक्षा ११ र १२ अध्ययनरत कर्णालीका ७९ स्थानीय तहबाट दुई–दुई जना छोरी, राउटे, राजी, कुसुण्डा, बादी, बोटे, समुदाय, अपाङ्गता भएका तथा लैङ्गिक तथा यौनिक, अल्पसङ्ख्यक, सीमान्तकृत, लोपोन्मुख समुदायका छोरीसहित करिब २५० भन्दा बढी छोरीहरूको सहभागिता थियो ।

    कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाही, नेकपा (एमाले) दलका सदस्य जीतबहादुर मल्ल, मन्त्रीलगायत प्रदेशसभा सदस्यहरू, प्रमुख सचिव तथा प्रदेश सचिवहरू, सुरक्षा निकायका प्रमुख, गैरसरकारी सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधि, सञ्चारकर्मी सहभागी उक्त सम्मेलन अवधिभर ८५ छोरीहरूले आफ्नो जीवन सङ्घर्षका कथा प्रस्तुत गरेको आयोजक संस्थाका अध्यक्ष ज्योति कटुवालले जानकारी दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चियाबारीको हरियालीमा फक्रिँदै ल्वाङको पर्यटन
    १३ बुँदे घोषणा पत्र जारी गर्दै सकियो बागमती साहित्य महोत्सव
    छोरी सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’
    • बाल महोत्सवको आकर्षण ‘अन्नको बुट्टा’
    • भिरबाट लडेर दुई जनाको मृत्यु
    • काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण
    • हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.