सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाल महोत्सवको आकर्षण ‘अन्नको बुट्टा’


  •    न्युजभित्तो/१८ जेष्ठ २०८३, सोमबार ११:२५ 
  • मलेखु (धादिङ), १८ जेठ । विभिन्न पोसाकमा सजिएका सयौँ बालबालिका । कसैको हातमा आफैँले बनाएका विज्ञानका सामग्री छन् भने कोही मञ्चमा सानदार नृत्य देखाउँदै छन् । कोहीले मञ्चमा उभिएर निर्धक्क आफ्ना विचारहरू राख्दै छन् । यो दृश्य धादिङको थाक्रे गाउँपालिकामा आइतबार आयोजित ‘प्रथम थाक्रे बाल महोत्सव’ को हो ।

    यहाँका हरेकजसो दृश्य निकै लोभलाग्दो देखिन्थे । विद्यार्थीहरूले तयार पारेका विज्ञान प्रदर्शनी महोत्सवको आकर्षण बने । महोत्सवमा सहभागी जनजागृति मावि, कक्षा १० मा अध्ययनरत प्रतिमा घलानले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “किताबमा पढेका कुरालाई आफैँले बनाएर देखाउन पाउँदा रमाइलो लाग्यो । यसले हाम्रो आत्मविश्वास बढाएको छ ।”

    यस्तै भनाइ थियो, कक्षा ८ मा अध्ययनरत रविना ठकुरीको । “हामीले कक्षाकोठामा पढेको विज्ञानको सिद्धान्तलाई प्रयोग गरेर देखायौँ । साथीहरू र अभिभावकले हाम्रो कामको प्रशंसा गर्दा छुट्टै रमाइलो हुने रहेछ”, विज्ञान प्रदर्शनीदेखि विभिन्न क्रियाकलापमा भाग लिनुभएकी ठकुरीले सुनाउनुभयो ।

    महोत्सवमा थाक्रे गाउँपालिका क्षेत्रका ४२ विद्यालयबाट विद्यार्थी सहभागी थिए । विद्यार्थीहरूले बनाएका विभिन्न आकृतिमध्ये स्थानीय अन्नबालीको प्रयोग गरेर नेपालको नक्सामाथि बनाइएको कलात्मक बुट्टा सबैभन्दा आकर्षक बन्यो । विभिन्न जातजातिका पहिचान झल्कने सांस्कृतिक प्रस्तुतिहरूले महोत्सवमा थप रौनक थपेको अभिभावकहरुले प्रतिकृया दिए ।

    बालबालिकाको सोच्ने शैलीलाई नयाँ उचाइ दिन र सिर्जनशीलताको विकास गर्न महोत्सवले निकै सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको भनाइ थियो । सैद्धान्तिक शिक्षालाई व्यावहारिक रूप दिन महोत्सवले ठूलो मद्दत पु¥याएको र थाक्रेका बालबालिकालाई नयाँ कुरा सिक्ने र सिकाउने राम्रो अवसर मिलेको उहाँले बताउनुभयो ।

    महोत्सवले बालबालिकाको नेतृत्व क्षमता विकास र व्यावहारिक शिक्षाको प्रवर्द्धनमा सहयोग पुगेको जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको प्रतिक्रिया थियो । उहाँले भन्नुभयो, “बालबालिकालाई किताबी ज्ञानमा मात्र सीमित राख्नुहुँदैन । उनीहरूले समाज र संसारलाई बुझून्, आफ्नो प्रतिभा चिनून् र भोलि समाजको नेतृत्व गर्न सकून् भन्ने नै हाम्रो मुख्य चाहना हुनुपर्छ । बाल महोत्सवले बालबालिकाको चौतर्फी विकासका लागि बाटो देखाएको छ ।”

    जेठ १६ र १७ गते दुईदिन सञ्चालन भएको महोत्सवमा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थी र उनीहरू आबद्ध विद्यालयलाई पुरस्कार वितरण गरिएको थियो ।
    रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.