सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण


  •    न्युजभित्तो/१८ जेष्ठ २०८३, सोमबार ११:२१ 
  • काठमाडौँ, १८ जेठ । काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

    महानगरपालिकाको आइतबार सञ्चालित छात्रावृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । छात्रवृत्ति परीक्षा समितिको निर्णयअनुसार न्यूनतम ४० अङ्क प्राप्त गर्ने विद्यार्थीको प्रारम्भिक योग्यता क्रमसहितको नतिजा प्रकाशन गरिएको हो ।

    उक्त छात्रवृत्ति महानगरपालिकाअन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३र०८४ मा कक्षा ११ र १२ मा अध्ययनका लागि भएको महानगरपालिकाले जनाएको छ ।

    नतिजा अनलाइन फाराम भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड ९मोबाइल÷इमेलमा प्राप्त० राखी हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

    महानगरका शिक्षा अधिकारी एवं परीक्षा समितिका संयोजक नमराज ढकालले प्रारम्भिक नतिजा भएकाले नतिजामा चित्त नबुझे जेठ २० गते कार्यालय समयभित्र पुनर्योगका लागि निवेदन दिन सकिने जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षामा उच्चतम अङ्क प्राप्त गर्ने एक जना विद्यार्थीले ९२ अङ्क प्राप्त गरेका छन् । यस्तै, दोस्रो उच्चतम प्राप्त गर्ने एक जना विद्यार्थीले ९१ अङ्क र तेस्रोमा पाँच जना विद्यार्थीले ९० अङ्क पाएका छन् ।

    प्रकाशित नतिजामा चित्त नबुझेमा एक हजार रुपैयाँ राजस्व दाखिला गरेर प्रवेश पत्रको प्रतिलिपिसहित जेठ २० गतेभित्र शिक्षा विभागमा निवेदन दिन सकिने महानगरले जनाएको छ ।

    छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी छनोटका लागि महानगरले गत जेठ ३ गते सूचना प्रकाशन गरेको थियो । छात्रवृत्तिका लागि ८३ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

    परीक्षाका लागि अनलाइन प्रणालीबाट आवेदन दिने १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ जना छात्रा र छ जना अन्य गरी २६ हजार ८८८ जना विद्यार्थीमध्ये २६ हजार ६०३ जनाको आवेदन स्वीकृत भएको थियो । स्वीकृत आवेदकमध्ये २२ हजार २० जना विद्यार्थी परीक्षामा सहभागी भएका महानगरले जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चियाबारीको हरियालीमा फक्रिँदै ल्वाङको पर्यटन
    १३ बुँदे घोषणा पत्र जारी गर्दै सकियो बागमती साहित्य महोत्सव
    छोरी सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’
    • बाल महोत्सवको आकर्षण ‘अन्नको बुट्टा’
    • भिरबाट लडेर दुई जनाको मृत्यु
    • काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण
    • हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.