सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्यार्थी न्यून भएका विद्यालय समायोजन


  •    न्युजभित्तो/१८ जेष्ठ २०८३, सोमबार ११:१० 
  • राँझा (बाँके), १८ जेठ । बाँकेको खजुरा गाउँपालिकाले विद्यार्थी सङ्ख्या न्यून भएका तीन विद्यालयलाई समायोजन गरेको छ ।

    विद्यार्थी सङ्ख्या न्यून रहेको खजुरा गाउँपालिका–३ स्थित शान्ति प्राथमिक विद्यालय, खजुरा गाउँपालिका–२ स्थित भानुदय प्रावि र शिव प्रावि नयाँ गुराँसपुर गरी हालसम्म तीन विद्यालयलाई समायोजन गरिएको खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिनुभयो ।

    उहाँका अनुसार, शान्ति प्राथमिक विद्यालय जनता माध्यमिक विद्यालयमा समायोजन गरेर त्यहाँ गाउँपालिकाको प्रशासनिक कार्यालय निर्माण गरिएको छ । भानुदय र शिव प्राविलाई शुक्र माविमा समायोजन गरिएको छ ।

    विद्यालय अन्यत्रै समायोजन भएपछि भानुदय प्राविको भवन खाली रहेको छ । शिव प्रावि नयाँ गुराँसपुर पनि शुक्र माविमा समायोजन गरिए पछि दुईतले भवन प्रयोगविहीन भएको छ । एउटा कोठामा बाल विकास सञ्चालन भए पनि अधिकांश भवन प्रयोगविहीन रहेको शिक्षा शाखा प्रमुख मल्लले बताउनुभयो ।

    खजुरा गाउँपालिकाले विसं २०७५ देखि विद्यालय समायोजनको नीति कार्यान्वयनमा ल्याएको हो । विद्यालय समायोजनपछि प्रयोगविहीन विद्यालय भवन र अन्य संरचना संरक्षण अभावमा जीर्ण बन्दै गएका छन् । विद्यालय समायोजन नीति आवश्यक भए पनि खाली भएका भवनको सदुपयोगका लागि स्थानीय तहले ठोस योजना बनाउनुपर्ने खजुरा गाउँपालिका–२ का स्थानीय अगुवा भीम ओलीले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.