सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट


  •    न्युजभित्तो/१८ जेष्ठ २०८३, सोमबार १०:५८ 
  • काँक्रेविहार (सुर्खेत), १८ जेठ । कर्णाली प्रदेश योजना बैंकमा धमाधम आयोजना प्रविष्ट भइरहेका छन् । हालसम्म सबै मन्त्रालयबाट ११ हजार २६२ वटा आयोजना प्रविष्ट गरिएको र नौ सय ३० वटा आयोजना प्रक्रियामा गएका जनाइएको छ ।

    ती योजनामध्ये भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका दुई हजार ६२ आयोजना प्रविष्ट गरिएका जनाइएको छ ।

    आगामी वर्षका लागि स्थानीय सरकार हुँदै प्रदेशको विषयगत मन्त्रालयबाट प्रदेश योजना आयोगसम्म दुई हजार ६२ वटा विभिन्न आयोजना प्रविष्ट गरिएका उक्त मन्त्रालयले जनाएको छ ।

    सरकारको नीतिअनुसार १० जिल्ला तथा ७९ वटा पालिकाबाट आएका योजना प्रदेश योजना आयोगमा प्रविष्ट भएपछि मात्र कार्यान्वयनमा जाने गर्छन् ।

    आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट भाषण गर्नुपूर्व यसरी प्रविष्ट गरिएका सम्बन्धित मन्त्रालयले योजना आयोगमा प्रस्ताव गरेका योजनाको विवरण सार्वजानिक गर्नुपर्ने अभ्यास रहेको छ ।

    कर्णाली प्रदेशको सबैभन्दा बढी बजेट पाउने र कार्यान्वयन गर्ने मन्त्रालयमध्ये भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय रहेको छ । मन्त्रालयले दुई हजार ६२ वटा भौतिक पूर्वाधार क्षेत्रका आयोजनाहरू योजना बैंकमा प्रविष्ट गरेर सार्वजानिक गरेको हो ।

    योजना आयोगका उपाध्यक्ष अशोकनाथ योगीले आयोजना बैंकमा प्रविष्ट भएकामध्ये दश हजार ३३२ आयोजना आगामी दिनमा कार्यान्वयन हुँदै जाने जानकारी दिनुभयो ।

    कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बजेट निर्माणलाई सहज बनाउन योजना बैंकमा आयोजना प्रविष्ट गराएर प्राथमिकताका आधारमा छनोट गर्ने काम भइरहेको बताउनुभएको छ । उहाँले विकास निर्माणका कामलाई प्रभावकारी बनाउन सबै तहका सरकार तथा सरोकार भएकाहरूबीच साझा बुझाइ, समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.