सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढीले क्षतिग्रस्त ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने


  •    न्युजभित्तो/१७ जेष्ठ २०८३, आईतवार ११:५० 
  • काभ्रेपलाञ्चोक, १७ जेठ । बाढीपहिरोले बगाएका काभे्रपलाञ्चोकका ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएका छन् । विशेषगरी जिल्लाको दक्षिणी क्षेत्रमा रोशी खोलाको बाढीपहिराले बगाएका ती पुल निर्माणार्थ अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको हो ।

    विसं २०८१ असोज १०–१२ गतेको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण क्षति पुगेको पक्की पुलसहित क्षतिग्रस्त झोलुङ्गे पुल झन्डै दुई वर्षपछि पुनर्निर्माण हुने भएका छन् । उक्त बाढीका कारण जिल्लाको नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिका जोड्ने झोलुङ्गे पुलमा पनि क्षति पुगेको थियो ।

    रोशी गाउँपालिका–३ स्थित नमोबुद्ध रोशी ९पिपलटार सुँगुरेडाँडा झोलुङ्गे पुल, खाक्सी झोलु¬ङ्गे पुल, रोशी गाउँपालिका–११ स्थित माम्ती पिप्ले ९लोङसाङ–कालढुङ्गा झोलुङ्गे पुल० र पिप्लेदोभान झोलुङ्गे पुल पुनर्निर्माणको लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको सहरी विकास मन्त्रलालयअन्र्तगतको सस्पेन्सन ब्रिज डिभिजनका सूचना अधिकारी सिनियर डिभिजन इन्जिनियर प्रेमनारायण बस्यालले जानकारी दिनुभयो ।

    सूचना अधिकारी बस्यालका अनुसार बाढीले क्षतिग्रस्त रोशी–९ स्थित नार्के झोलुङ्गे पुल र रोशी–७ स्थित कटुञ्जेबेँसी–१ युएस झोलुङ्गे पुल पुनर्निर्माणका लागि रु तीन करोडदेखि रु पाँच करोड ५० लाखसम्म स्रोत सुनिश्चित गरिएको छ । त्यसैगरी, वाग्मती नदीमा आएको बाढीले क्षति पुर्याएको काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका र मकवानपुर जोड्ने फार्सा झोलुङ्गे पुल पुनर्निर्माणको लागि पनि स्रोत सुनिश्चित भएको बताइएको छ ।

    सूचना अधिकारी बस्यालका अनुसार स्रोत सुनिश्चित भएका झोलुङ्गे पुल पुनर्निर्माणका लागि चालु आर्थिक वर्षमा ठेक्का आह्वान गर्ने र बहुवर्षीय योजना भएकाले आगामी आवबाट पुल निर्माणको काम सुरु गरिने छ । पुल पुनर्निर्माणका क्रममा कहीँकतै जग्गा विवाद देखिए ती योजनालाई रोकेर अन्य योजनाको काम अघि बढाइने छ । स्रोत सुनिश्चित भएका झोलुङ्गे पुल पुनर्निर्माणको काम डेढ वर्षदेखि दुई वर्षभित्र गरिसक्ने डिभिजन कार्यालयले जनाएको छ ।

    यसैबीच, विसं २०८१ असोज दोस्रो साताको बाढीले तेमाल गाउँपालिका र मङ्गलटार जोड्ने रोशी खोलाको फलामे पुल बगाएको र वर्षायामको समयमा बिपी राजमार्ग अवरुद्ध भएको अवस्थामा वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न रोशी खोलाकै मङ्गलटार र काल्धार जोड्ने बेलीब्रिज जडान गर्न काभे्रपलाञ्चोक प्रशासनले सडक विभागलाई अनुरोधसमेत गरेको जनाइएको छ ।

    उक्त बाढीले बिपी राजमार्गको करिब ३० किलोमिटर सडकसहित राजमार्गमा जोडिएका झोलुङ्गे पुललगायतका संरचनामा क्षति पुर्याएको थियो । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बाढीका कारण रोशी, तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाबीच आवतजावत गर्न बनेका झोलुङ्गे पुलहरू पूर्ण रूपमा क्षति हुँदा स्थानीयले सास्ती व्यहोर्नुपरेको बताउनुभयो । उहाँका अनुसार बाढीले झोलुङ्गे पुल बगाएपछि पुल आसपासका नागरिकले बर्खाअघि खोलामा फड्के हालेर आवतजावत गर्ने गरेका र हाल खोला बढेको समयमा एक घण्टा टाढा रहेको पक्की वा झोलुङ्गे पुल तर्नुपर्ने बाध्यता रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीले क्षतिग्रस्त ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने
    सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई
    एसइईमा उत्कृष्ट नतिजा ल्याउने युनिकलाई एक लाख पुरस्कार
    • म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ
    • असामान्य जोडीको कथामा ‘गौँथली’
    • लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी
    • लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.