सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एसइईमा उत्कृष्ट नतिजा ल्याउने युनिकलाई एक लाख पुरस्कार


  •    न्युजभित्तो/१७ जेष्ठ २०८३, आईतवार ११:३५ 
  • गोरखा, १७ जेठ । यस वर्षको एसइईमा फोर (चार) जिपिए ल्याएर उत्तीर्ण गरेका युनिक पनेरुलाई बारपाक सुलिकोट गाउँपालिकाले पुरस्कारस्वरुप रु एक लाख तथा सम्मानपत्र प्रदान गरेको छ । गाउँपालिकाको अघिल्लो वर्षदेखि लागू भएको सो कार्यक्रमअनुसार गणतन्त्र दिवसको अवसर पारेर आयोजित कार्यक्रममा पनेरुलाई सम्मान गरिएको हो ।

    “एसइईमा चार जिपिए ल्याउने विद्यार्थीलाई रु एक लाख पुरस्कार दिने गाउँपालिकाले गत वर्ष घोषणा गरेको थियो”, गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले भन्नुभयो, “त्यही कार्यक्रमअन्तर्गत हाम्रो शैलपुत्री माविबाट एसइई दिएर चार जिपिए ल्याएर उत्तीर्ण गरेका पनेरुलाई आज आयोजित अस्पताल उद्घाटन तथा पुरस्कार, वितरण कार्यक्रममा पुरस्कार दिइएको हो ।”

    गाउँपालिकाले ३।४ देखि ३।५९ जीपीए ल्याउने सात जनालाई रु १० हजार तथा ३।६० जीपीए ल्याउने एक जनालाई रु १५ हजारका दरले प्रदान गरेको अध्यक्ष भट्टले बताउनुभयो । कक्षा १२ का १०, कक्षा १० का नौ, कक्षा ८ का सात र कक्षा ५ का ६ जना विषयगत उत्कृष्ट शिक्षकलाई पनि रु पाँच–पाँच हजार नगदसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.