सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विविध कार्यक्रमसहित मलेसियामा मनाइयो सगरमाथा दिवस


  •    न्युजभित्तो/१७ जेष्ठ २०८३, आईतवार १०:५९ 
  • काठमाडौँ, १७ जेठ । मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले सगरमाथा आरोहणको ऐतिहासिक ७३औँ वार्षिकोत्सव तथा अन्तरराष्ट्रिय सगरमाथा दिवस विविध कार्यक्रमसहित मनाएको छ ।

    परराष्ट्रमन्त्री शिशिर खनालको भिडियो सन्देशबाट प्रारम्भ भएको कार्यक्रममा राजदूतावासकी कार्यवाहक राजदूत मुदिता बज्राचार्यले नेपालमा पर्वतारोहण पर्यटनको महत्त्वबारे प्रकाश पार्दै हिमाली पारिस्थितिकीय प्रणालीको संरक्षण, पर्वतीय समुदायको जीविकोपार्जन र संस्कृतिको संरक्षणमा नेपालको प्रतिबद्धता दोहोर्याउनुभएको थियो ।

    उक्त दूतावासका अनुसार सन् १९९७ मे २३ मा सगरमाथा आरोहण गर्नुभएका मलेसियाका प्रारम्भिक आरोही डाटुक मोहानादास नागप्पनले आफ्नो अनुभव सुनाउँदै आठ हजार मिटरभन्दा माथिको आफ्नो आरोहणको अनुभवले जीवनप्रतिको दृष्टिकोण परिवर्तन गरेको बताउनुभयो ।

    सन् २०१४ मा चो–ओयु र २०१६ मा सगरमाथा आरोहण गरेका अजीम अफिफ इशाकले हिमाली क्षेत्रमा शेर्पा समुदायलगायत स्थानीय समुदायको योगदानबिना पर्वतारोहण सफल नहुने उल्लेख गर्नुभयो । 

    कार्यक्रममा महिलालाई लक्षित गर्दै साहसिक यात्रा र क्याम्पिङको प्रवद्र्धनमा काम गर्दै आएकी फजलीन नाजरिनले आफ्ना अनुभव प्रस्तुत गर्दै महिला सहभागिता बढाउन सुरक्षित वातावरण आवश्यक भएको बताउनुभयो ।

    त्यस अवसरमा कार्यवाहक राजदूत बज्राचार्यले मलेसियाका पहिलो सगरमाथा आरोही डाटुक मगेन्द्रन मुनिसामी र डाटुक मोहानादास नागप्पनलाई प्रमाणपत्रसहित सम्मान गर्नुभयो ।

    कार्यक्रममा मलेसियाली पर्वतारोही, कूटनीतिक नियोगका प्रतिनिधि, पर्यटन व्यवसायी, नेपालका मित्री तथा सञ्चारकर्मीहरूको सहभागिता थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
    ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
    निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
    • नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    • हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु
    • शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी
    • बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.