सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ठगीको अभियोगमा छ जना पक्राउ


  •    न्युजभित्तो/१४ जेष्ठ २०८३, बिहीबार ११:३९ 
  • काठमाडौँ, १४ जेठ । वैदेशिक रोजगारीका नाममा रु ९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना पक्राउ परेका छन् ।

    केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उदयपुरको रौतामाई गाउँपालिका–४ का रामबहादुर आलेमगर, लहान नगरपालिका–६ का आशिष कार्की, टोखा नगरपालिका–४ का लोकबहादुर श्रेष्ठ, सोही नगरपालिका–३ की तुलसा पुनमगर, तानसेन नगरपालिका–७ का कृष्णप्रसाद पोखरेल र चन्द्रागिरि नगरपालिका–११का प्रवीण श्रेष्ठलाई हालै पक्राउ गरिएको हो ।

    अभियुक्तमध्ये रामबहादुरले क्यानडा पठाउने भन्दै चार जनाबाट रु ३९ लाख ५८ हजार, आशिषले न्युजिल्याण्डको प्रलोभनमा पारेर तीन जनाबाट रु १३ लाख, लोकबहादुरले बेलायतमा राम्रो कमाइ हुन्छ भन्दै एक जनाबाट रु १९ लाख, तुलसाले अमेरिका पठाउने भनेर एक जना पीडितबाट रु १० लाख, कृष्णप्रसादले दुबइको लोभ दोखाएर एक जनाबाट रु १० लाख र प्रवीणले सर्बिया पठाइदिन्छु भन्दै एक जनाबाट रु छ लाख ठगेका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.