सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘भोजपुर–दिङ्ला’ सडक कालोपत्र


  •    न्युजभित्तो/१४ जेष्ठ २०८३, बिहीबार ११:३७ 
  • भोजपुर, १४ जेठ । भोजपुरको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र दिङ्लासँग जोड्ने ‘भोजपुर–दिङ्ला’ सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण तीव्र गतिमा अघि बढाइएको पूर्वाधार विकास कार्यालय जनाएको छ । कार्यालय प्रमुख राजनराज रेड्डीले पहिलो खण्डअन्तर्गत पानीट्याङ्की–तीनतलेसम्मको करिब १७ किलोमिटर सडकमा कालोपत्र थालनी गरिएको बताउनुभयो । हालसम्म यस सडकको भौतिक प्रगति करिब ५५ प्रतिशत पुगेको छ ।

    पहिलो खण्डको निर्माणको काम कोशी प्रदेश सरकारको करिब रु ६२ करोडको लगानीमा भइरहेको छ । निर्माण सम्झौताअनुसार आगामी फागुन महिनासम्म सम्पूर्ण कार्य सम्पन्न गर्नु पर्नेछ । “भोजपुर–दिङ्ला सडकको पहिलो खण्डमा कालोपत्रको काम सुरु भएको छ”, प्रमुख रेड्डीले भन्नुभयो, “गुणस्तरलाई ध्यानमा राख्दै तोकिएको समयमै काम सम्पन्न गर्न कार्यालयले नियमित अनुगमन तथा सहजीकरण गरिरहेको छ ।” दोस्रो खण्डअन्तर्गत तीनतले–दिङ्ला करिब १६।५ किलोमिटर सडकखण्ड निर्माण कार्य पनि भइरहेको छ ।

    वर्षायाममा हिलो र हिउँदमा अत्यधिक धुलोका कारण सवारी आवतजावत कठिन हुँदा बिरामी ओसारपसार, कृषिउपज ढुवानी तथा दैनिक जनजीवन प्रभावित हुने गरेको थियो । स्थानीय भीमप्रसाद राईले सडक कालोपत्र सुरु भएपछि धुुलो र हिलोको समस्या अन्त्य भएको बताउनुभयो ।

    निर्माण कम्पनीका प्रमुख श्याम श्रेष्ठले बर्सातले असर नगरेमा सम्झौता अवधिअघि नै सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

    विसं २०८० मङ्सिर महिनाबाट सडक निर्माण सुरु गरिएको हो । यो सडक आयोजना सम्पन्न भएपछि जिल्लाको उत्तरी क्षेत्रको आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकास टेवा पुग्ने स्थानीयवासीको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
    ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
    निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
    • नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    • हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु
    • शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी
    • बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.