सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्यार्थीको दिवा खाजामा स्थानीय उत्पादन ‘सखरखण्ड’


  •    न्युजभित्तो/१२ जेष्ठ २०८३, मंगलवार १३:४९ 
  • नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १२ जेठ । रुपन्देहीको कञ्चन गाउँपालिकाले विद्यालय तहका विद्यार्थीको पोषण सुधार तथा दिवा खाजामा स्थानीय उत्पादनलाई प्राथमिकता दिनेभएको छ ।

    सो पालिकाले स्थानीयस्तरमा उत्पादित सखरखण्ड समावेश गरी दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने भएको हो । सो पालिकामा पर्याप्त मात्रामा उत्पादन हुने सुन्तला रङको गुणस्तरीय सखरखण्ड गाउँमै खपत गर्ने उद्देश्यले दिवा खाजामा समावेश गर्न अनुरोध गरेको विद्यालयले स्पष्ट गरेको छ ।

    स्थानीय किसानले उत्पादन गरेको सखरखण्ड विद्यार्थीको दिवा खाजामा समावेश गर्न गाउँपालिकाले नीति ल्याएको हो । गाउँपालिका अध्यक्ष नवराज ढकालका अनुसार पौष्टिकतत्वले भरिपूर्ण तथा भिटामिन ‘ए’ प्रसस्त पाउने सखरखण्डले विद्यार्थीको स्वास्थ्य, वृद्धि विकास र पढाइ क्षमतामा सकारात्मक प्रभाव पार्न सक्ने भनी दिवा खाजामा राख्न लागिएको हो ।

    “गाउँपालिकामा रहेका १९ सामुदायिक विद्यालयको दिवा खाजामार्फत बालबालिकालाई कुपोषणबाट बचाउनका लागि सखरखण्ड खुवाउने कार्यक्रम अगाडि बढाएका हौँ”, उहाँले भन्नुभयो ।

    सुरुमा गाउँपालिकाभित्रका धेरै जग्गामा खेती गर्ने सात जना किसानलाई बाहिरबाट बीउ मगाएर खेति गर्न प्रोत्साहित गरिएको थियो । विद्यार्थीको दिवा खाजामा यो परिकार समावेश गर्ने विषयमा संस्थागत विद्यालयका प्रधानध्यापक तथा सञ्चालकहरुसँग पहिलो चरणको छलफल भएको अध्यक्ष ढकालले बताउनुभयो ।

    दिवा खाजा कार्यक्रमअन्तर्गत स्थानीय उत्पादनलाई प्राथमिकता दिँदा किसानलाई पनि प्रत्यक्ष लाभ पुग्ने ढकालले बताउनुभयो । “यसको बजारीकरण भयो भने किसानको आम्दानीको स्रोत बन्छ”, उहाँले भन्नुभयो, “अहिले सात जना किसानसँगै महिला समूह र महिला स्वयंसेविकाहरुलाई पनि यसको खेती गर्न बीउ उपलब्ध गराइएको छ ।”

    विद्यालयको दिवा खाजामा स्थानीय उत्पादनलाई समावेश गर्नु दिगो पोषण व्यवस्थापनका लागि महत्वपूर्ण कदम हो । यसले बालबालिकामा अस्वस्थकर तथा हानिकारक खानाको निर्भरता घटाउन मद्दत गर्ने कञ्चन गाउँपालिका हरैया मावि विद्यालयका दिवा खाजा कार्यक्रम हेर्ने शिक्षक भरत शर्मा बताउनुहुन्छ ।

    “अहिलेसम्म विद्यालयमा खिर, हलुवा, समोसालगायतका खाद्यपरिकार दिवा खाजामा राखिएको थियो । अबदेखि दिवा खाजा परिकारमा सुन्तला रङको सखरखण्ड मिसाएर खुवाउन सकिन्छ”, उहाँले भन्नुभयो । परियोजना संयोजक भीमा पराजुलीका अनुसार ‘हेलेन केलर’ संस्थाको प्राविधिक सहयोगमा सुरु गरिएको सुन्तला रङको सखरखण्ड बङ्गलादेशबाट मगाएर नेपालमा खेति गर्न थालिएको हो ।

    उहाँले कञ्चन गाउँपालिकामा पोषणको क्षेत्रमा काम गर्दै जाँदा सुन्तला रङको सखरखण्डमा भिटामिन ‘ए’ सहित अन्य पोषणतत्व प्रशस्त पाउने भएपछि गाउँपालिकासँगको सहकार्यमा दिवा खाजामा सखरखण्ड राख्ने कार्यक्रमलाई प्राविधिक सहयोग गरिएको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मुस्ताङका उच्चलेकमा यार्सागुम्बा सङ्कलन
    विद्यार्थीको दिवा खाजामा स्थानीय उत्पादन ‘सखरखण्ड’
    प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न
    • कक्षाकोठा नहुँदा टहरामा विद्यार्थी
    • प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची
    • तोलामा एक हजार तीन सयले घट्यो: सुनको मूल्य
    • दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.