सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कक्षाकोठा नहुँदा टहरामा विद्यार्थी


  •    न्युजभित्तो/१२ जेष्ठ २०८३, मंगलवार १३:४३ 
  • मुगु, १२ जेठ । मुगुको सोरु गाउँपालिका–७ कि बालसुन्दरी विष्ट मात्र होइन, अधिकांश विद्यार्थी उपयुक्त कोठा नहँुदा टहरामा पढ्न बाध्य छन् ।

    गाउँपालिकामा रहेको एकमात्र ‘आवासीय विद्यालय’ मा आवश्यक भौतिक पूर्वाधार (कक्षाकोठा)नहुँदा विद्यार्थीहरू कष्टकर रूपमा जस्ताको टहरोमा बसेर पढ्न थालेको वर्षौं भयो ।

    प्रावि तहमा सामान्य कक्षा कोठा भए पनि निमाविदेखि माविसम्म विद्यार्थीहरु जस्ताको टहरामा बसेर पढ्न बाध्य छन् । कक्षाकोठाको अभावले विद्यार्थीलाई जस्तोको टहरोभित्र बसालेर पढाउनुपरेको प्रधानध्यापक रत्नराज चौलागाईले बताउनुभयो ।

    दुर्गम बस्तीका सहरमा गएर पढ्न नसक्ने गरिब जेहेन्दार विद्यार्थीको लागि शिक्षा प्रदान गर्ने उद्देश्यले यो आवासिय विद्यालय सञ्चालन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छक्कबहादुर विष्टले जानकारी दिनुभयो ।

    अभिभावक वर्ग, नागरिक अगुवा वडासदस्य सोरु गाउँपालिका, कर्णाली प्रदेश सरकार र सङ्घीय सरकार शिक्षा मन्त्रालयसँग तत्काल बजेट व्यवस्था गरी विद्यालयमा भवन र सुरक्षित कक्षाकोठा निर्माण गरिदिन माग गरे पनि सुनवाइ हुनसकेको छैन ।

    उक्त आवासीय माविमा बुम्च, ख्याल्च, सिरुपाट, गोइलपानी, पारपानी, तारापानीलगायत बस्तीबाट विद्यार्थीहरु पढ्न आउने गरेका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.