सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माझी महिलालाई आत्मनिर्भर बनाउन गलैँचा बुनाइ तालिम


  •    न्युजभित्तो/११ जेष्ठ २०८३, सोमबार ११:२२ 
  • चौतारा, ११ जेठ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित रातोमाटे माझी बस्तीका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने गलैँचा बुनाइ तालिम सुरु गरिएको छ ।

    दलित सशक्तीकरण समाज चौतारा साँगाचोकगढी–१३ को आयोजनामा ‘उद्यम गरौँ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित सञ्चालन गरिएको तालिम असार १४ गतेसम्म सञ्चालन हुने नगरपालिकाका उद्यम शाखा प्रमुख अर्जुन गहतराजले जानकारी दिनुभयो । विपन्न तथा पिछडिएको समुदायका महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले तालिमलाई नगरपालिकाको महिला विकास शाखाले आर्थिक सहयोग गरेको छ ।

    नगरपालिकाको उपप्रमुख सीता थापाले सीपमूलक तालिमले माझी समुदायका महिलाको आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाका शाखा अधिकृत पेशलकुमार पोखरेलले आर्थिक रूपमा कमजोर र अवसरबाट टाढा रहेका समुदायलाई प्राथमिकतामा राखेर रातोमाटे माझी बस्ती छनोट गरिएको बताउनुभयो । उहाँले तालिमसँगै उत्पादन र आम्दानी जोड्ने लक्ष्य राखिएको राखिएको समेत बताउनुभयो ।

    तालिममा सहभागी महिलाले सीप सिकेर घरमै बसेर आम्दानी गर्ने अवसर मिल्ने अपेक्षा गरेका छन् । बस्तीमा रोजगारी तथा आयआर्जनका अवसर न्यून भएकाले यस्ता कार्यक्रम प्रभावकारी हुने सीता माझीको विश्वास छ ।

    स्थानीय आइते माझीका अनुसार नगरपालिका क्षेत्रमा परे पनि रातोमाटे माझी बस्ती अझै आधारभूत सेवा सुविधाबाट टाढा छ । तेह्र घरधुरी रहेको बस्तीमा हालसम्म एसइई उत्तीर्ण गर्ने विद्यार्थीसमेत नभएको उहाँको भनाइ छ । कक्षा पाँचभन्दा माथिको अध्ययनका लागि विद्यार्थीले तीन घण्टा पैदल हिँडेर इन्द्रावतीको बडहरे पुग्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ ।

    स्वास्थ्य सेवाको पहुँच पनि कमजोर रहेको बस्तीवासीको गुनासो छ । बालबालिकालाई नियमित खोप लगाउनसमेत तीन घण्टा पैदल हिँडेर कोडडाँडा पुग्नुपर्ने अवस्था अझै कायम रहेको उनीहरूले बताएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित
    भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट गरेपछि…
    चारपटक म्याद थपिएपछि अलपत्र छाडिएको पुलको निर्माण सुरु
    • बुटवल–पाल्पा सुरुङमार्गमा आगामी असोजदेखि यातायात सञ्चालन गर्ने तयारी
    • विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान
    • पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने
    • माझी महिलालाई आत्मनिर्भर बनाउन गलैँचा बुनाइ तालिम

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.