सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री


  •    न्युजभित्तो/११ जेष्ठ २०८३, सोमबार ११:१८ 
  • गण्डकी, ११ जेठ । ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले एकैदिनमा रु पाँच लाख २५ हजार ७१५ आम्दानी गरेको छ । पर्यटकीय राजधानी पोखरा–१७ छोरेपाटनमा रहेको सो गुफा अवलोकन गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई टिकट बिक्री गरेर आम्दानी गरेको हो ।

    जेठको १० गते आइतबार मात्र गुफामा चार हजार ४७२ जना बाह्य पर्यटक, एक हजार ४८७ आन्तरिक पर्यटक र ११९ जना विद्यार्थी गरी कूल छ हजार ७८ जनाले टिकट काटेरे गुफाको अध्ययन अवलोकन गरेको गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाले जानकारी दिनुभयो ।

    गुफाभित्र ५०० मिटरमा अवस्थित प्रकृति निर्मित शिवमूर्तिको दर्शनसँगै लगभग १०० मिटरभित्र पुगेपछि देखिने पातले छाँगो (डेभिजफल) झरनाको दृश्यले पर्यटकको आकर्षण बढाएको बताउँदै उहाँले भन्नुभयो, “गुफा एउटा अलौकिक धार्मिक एवं पर्यटकीयस्थलको रूपमा विकास हुँदै आएको छ ।”

    गुफा प्रवेशका लागि आन्तरिक पर्यटकका लागि रु ५०, बाह्य पर्यटकको लागि रु १०० र विद्यार्थीको लागि रु ३५ को टिकट व्यवस्था गरिएको छ । गुफाभित्र निर्माण गरिएको यान्त्रिक कामधेनु गाई र भक्तजनले चढाएको दानबाट पनि राम्रो आम्दानी हुने गरेको छ ।

    अध्यक्ष बास्तोलाले भन्नुभयो, “तीन दशकदेखि प्रचारप्रसारमा आएको गुफाको आम्दानीबाट गुफाको संरक्षण एवं प्रवर्द्धनसँगै शैक्षिक क्षेत्रमा लगानी गर्दै आएको छ । गुफाले गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस स्थापना गरी सञ्चालन गर्दै आएको छ जुनक्याम्पसमा ८०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।”

    गुफाको धर्मशाला हलमा गुरुकुल पनि सञ्चालन गर्दै आएको छ । जस गुरुकुलमा कक्षा ११ सम्मको पढाइ हुने गरेको हाल ४८ जना विद्यार्थी पठनपाठन गर्दै आएका छन् भने आसपासका सामुदायिक विद्यालयलाई समेत आर्थिक सहयोग गरेको छ । गुफाले वार्षिक रु छदेखि सात करोडसम्म आम्दानी गर्दै आएको उहाँको भनाइ छ ।

    गुफाको टिकटबाहेक कामधेनु गाई, भक्तजनले चढाएको दान, थप आम्दानीको स्रोत बनेको बताउँदै उहाँले भन्नुभयो गुफा परिसरमा मुस्ताङबाट ल्याइएको १००८ मिलोग्रामको शालिग्राम, बूढानीलकण्ठ मूर्तिका साथै गुफा प्रवेशस्थलमा निर्माण गरिएका नवग्रह आकर्षको रूपमा रहेका छन् ।

    गुफा कार्यालय प्रमुख नारायण पौडेलका अनुसार पछिल्लो समय गर्मी बढेसँगै पोखरामा पर्यटकको चाप बढेको छ । पोखरा आउने पर्यटकले गुफा नआइकन फर्के भ्रमण अधुरो रहेको महसुस गर्न थालेको कारणले आकर्षण बढेको छ । छ हजार क्षेमताको गुफामा भीड बढेपछि व्यवस्थापन गर्न समेत धौधौ पर्ने गरेको उहाँको भनाइ छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.