सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु


  •    न्युजभित्तो/१० जेष्ठ २०८३, आईतवार १६:१० 
  • मुस्ताङ, १० जेठ । यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ । गाउँपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालयले सेवा प्रवाह गर्न थालेको हो ।

    आन्तरिक राजस्व कार्यालय बाग्लुङले व्यक्तिगत तथा व्यावसायिक उद्योग दर्तासम्बन्धी जिम्मेवारी लोमान्थाङ गाउँपालिकालाई अख्तियारी दिएको छ । उद्योग तथा व्यक्तिगत व्यवसाय दर्तासम्बन्धी सम्पूर्ण कार्यसम्पादन नेपाल सरकारले गत कात्तिक २९ गतेको निर्णयअनुसार कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) र स्थानीय तहलाई हस्तान्तरण गर्ने योजनाअनुसार आन्तरिक राजस्व कार्यालय बाग्लुङले मुस्ताङमा पहिलो पटक लोमान्थाङ गाउँपालिकाबाट दर्तासम्बन्धी अख्तियारी हस्तान्तरण गरेको आन्तरिक राजस्व कार्यालय बाग्लुङका कर अधिकृत राजन गमालले जानकारी दिनुभयो ।

    यसअघि विभागको परिपत्रअनुसार आन्तरिक राजस्व कार्यालय बाग्लुङले पर्वतको पैँयु गाउँपालिका, बाग्लुङको गल्कोट नगरपालिका र म्याग्दीको बेनी नगरपालिकामा कर दर्ता सेवासम्बन्धी सेवा विस्तार गरेको थियो । कर अधिकृत गमालका अनुसार यसअघि व्यक्ति तथा व्यवसाय दर्ताका लागि आन्तरिक राजस्व कार्यालय बाग्लुङ धाउनुपर्ने अथवा जोमसोम जानुपर्ने अवस्था रहेकामा व्यवसाय दर्ता गर्ने सम्बन्धित व्यक्ति वा व्यवसायीहरूले गाउँपालिकाबाटै व्यवसाय दर्तासम्बन्धी सबै काम गर्न सकिने व्यवस्था मिलाइएको कर अधिकृत गमालको भनाइ छ ।

    मुस्ताङमा आन्तरिक राजस्व कार्यालयले यहाँका पाँच स्थानीय तहमध्ये उपल्लो मुस्ताङको लोमान्थाङबाट कर सेवा सञ्चालनमा ल्याएको हो । योसँगै आन्तरिक राजस्व कार्यालयको कार्यक्षेत्र पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङमा कर सेवा विस्तार गर्ने क्रममा  लोमान्थाङ गाउँपालिको चौथो स्थानीय तह भएको आन्तरिक राजस्व कार्यालय बाग्लुङले जनाएको छ । 

    गाउँपालिकामा करदाता सेवा सञ्चालन भएसँगै स्थानीय उद्योगी र व्यवसायी करदातालाई कर दर्तासम्बन्धी सहज भएको छ । सरकारले कर भुक्तानी तथा कर चुक्ता प्रमाणपत्र लिने लगायतका व्यवस्था ‘अनलाइन’ प्रणालीमा प्रविष्ट गर्ने व्यवस्था गरिसकेको छ ।

    उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा आन्तरिक राजस्व कार्यालयको कर सेवा हस्तान्तरण भएसँगै स्थानीय व्यवसायीहरूलाई निकै सहज भएको गाउँपालिका उपाध्यक्ष छ्युमी बिष्टले उल्लेख गर्नुभयो । व्यवसाय दर्ताका लागि लामो यात्रा र महँगो खर्च गरेर जोमसोम र बाग्लुङ कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको र यसले व्यवसायको समय बचत भएको उपाध्यक्ष बिष्टको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.