सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाँचखालमा साप्ताहिक कृषि हाटबजार


  •    न्युजभित्तो/१० जेष्ठ २०८३, आईतवार १२:०० 
  • काभ्रेपलाञ्चोक, १० जेठ । पाँचखाल नगरपालिकाले साप्ताहिक कृषि हाटबजार सुरु गरेको छ । शुक्रबारदेखि हरेक शुक्रबार र शनिबार दुई दिन हाटबजार सञ्चालनमा ल्याइएको हा े।

    पाँचखाल नगरपालिकाको आयोजना, स्थानीय कृषि बजार सञ्चालक, व्यवस्थापन समिति पाँचखालको सहआयोजना तथा पाँचखाल–४ नं वडा कार्यालयको समन्वयमा हाटबजार सञ्चालनमा ल्याइएको हो । पाँचखाल–४ का वडाध्यक्ष सुन्दर लामाले कृषि उपज सङ्कलन तथा पाँचखाल चोकस्थित बोहोरेदोभान जाने बाटोमा बजार सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँका अनुसार कृषि हाटबजारमा किसानले आफ्ना उत्पादनहरू सोझै उपभोक्तालाई बेच्न सक्नेछन् ।

    पाँचखालमा हाटबजार सञ्चालनपछि बिचौलियाको समस्या टर्दै जाने तथा किसानको भाउअनुसार उपभोक्ताले पनि सस्तोमा तरकारीलगायत कृषिजन्य उत्पादन खरिद गर्न पाउने जनाइएको छ । पाँचखालमा सञ्चालमा ल्याइएको हाटबजारमा भने शुक्रबार बिहानदेखि शनिबार साँझसम्म दुई दिन चल्ने जनाइएको छ ।

    पाँचखालमा शुक्रबार पहिलो र दोस्रो दिनमै किसान र उपभोक्ताको उत्साहजनक सहभागिता रहेको देखिएको छ । हाजबजारमा विशेषगरी अग्र्यानिक तरकारीको प्रदर्शनी तथा बिक्रीवितरण भइरहेको छ । हाटबजारमा अग्र्यानिक तरकारीको प्रदर्शनी तथा बिक्रीवितरण नियमित गराइने लामाले बताउनुभयो ।

    यसअघि गत वैशख अन्तिम साता पाँचखाल नगरले ‘कृषि–सहर’को नारालाई सार्थकता दिन कृषि उपजको प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने कृषि मेलाको आयोजना गरेको थियो । नगर कार्यालयले लवग्रीन नेपालसँगको सहकार्यमा आयोजना गरेको मेलामा करिब २० हजारले अवलोकन गरेका थिए । उक्त मेलामा आइपीएम प्रविधिबाट उत्पादन भएका कृषि उपजको प्रदर्शनी तथा बिक्री, बाली शिविर सञ्चालन, कृषि उपजको प्रतिस्पर्धात्मक कार्यक्रमसेमत सञ्चालन गरिएको थियो ।

    पाँँचखालका नगरप्रमुख महेश खरेलले ‘पाँचखाल नगर कृषि सहर’ भएकाले यहाँको तरकारीमा न्यून विषादीमा रहेको तर्क गर्नुभएको छ । “पाँचखालको तरकारीमा अत्यधिक विषादी भएको भनेर हल्ला चलाइए पनि केही वर्षदेखि पाँचखालको तरकारी सेमी आग्र्यानिक भएको छ, विषादीको भ्रम चिर्न हामीले अग्र्यानिकमा जोडबल गरिरहेका छौँ”, खरेलले भन्नुभयो । उहाँका अनुसार किसानको मागलाई सम्बोधन गर्न नगरले स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुर्याउने बताउँदै किसानलाई प्रोत्साहन गर्न ‘दुईदिने साप्ताहिक कृषि हाटबजार’ सञ्चालनमा ल्याइएको बताउनुभयो ।

    यसअघि जिल्लाको बनेपा नगरले विगत दुई वर्षदेखि बनेपास्थित लायकु मञ्चमा तथा जिल्लाकै मण्डनदेउपुर नगरको पर्यटकीयस्थल नगरकोटमा शुक्रबार अग्र्यानिक कृषिजन्य हाटबजार सञ्चालन गर्दै आएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.