सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक सय ९३ फार्म तथा व्यवसायको अनुगमन


  •    न्युजभित्तो/८ जेष्ठ २०८३, शुक्रबार ११:५३ 
  • टीकापुर (कैलाली), ८ जेठ । कैलालीको टीकापुर नगरपालिकाले एक सातामा १९३ फार्म तथा व्यवसायको अनुगमन गरेको छ । बजार व्यवस्थापन तथा उपभोक्ता हितका लागि गरिएको बजार अनुगमनका क्रममा मापदण्डविपरीतका ६५ किलो प्लाष्टिकजन्य झोला जफत गरिएको हो । 

    पालिकाले गत वर्षको साउनदेखि टीकापुरमा प्लाष्टिकजन्य झोला प्रयोगमा निधेष गरेको छ । लुकीछिपी मापदण्डविपरीतका प्लाष्टिकका झोला प्रयोग गरिरहेकामाथि निगरानी गरी प्रयोग रोक्ने उद्देश्यले जफत गरिएको नगर कार्यालयले जनाएको छ । अनुगमनका क्रममा म्याद नाघेका रु १८ हजार ९३९ बराबरका दैनिक उपभोग्य सामान जफत गरेको छ ।

    अनुगमनका क्रममा ११७ किराना तथा अन्य व्यवसाय, ५२ वटा प्लाष्टिक व्यापारी, २४ वटा मेडिकल तथा फार्मेसीमा अनुगमन गरिएको अनुगमन टोलीका सदस्य सचिव एवं आर्थिक विकास शाखा प्रमुख रञ्जु आचार्यले बताउनुभयो ।

    टीकापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन धितालले अनुगमन गरी केही व्यवसायीलाई मापदण्ड पूरा गर्न निर्देशन दिइएको, केही व्यवसायीलाई अन्तिम पटक चेतावनी दिइएको बताउनुभयो । “व्यवसाय दर्ता नभएकालाई नवीकरण गर्न समय दिइएको, नवीकरण नभएकालाई तत्काल प्रक्रियामा लगेका छौँ”, उहाँले भन्नुभयो, “प्लाष्टिकका झोला लाखौँ रकमका भेटिएका छन् । थोक बिक्रेताका गोदाममा रहेका प्लाष्टिकका झोला शिल गरेर अबदेखि बिक्री नगर्न निर्देशन दिइएको छ ।”

    पालिकाले उपभोक्ता सचेतनाका कार्य निरन्तर गरिरहेको बताउँदै धितालले हरेक उपभोक्ता म्याद नाघेको मितिमात्र हेर्न सक्ने भएमा उपभोक्ता अधिकार सुरक्षित हुने बताउनुभयो । उपभोक्ता हित संरक्षण मञ्च टीकापुरका अध्यक्ष एकिन्द्र तिमिल्सिनाले टीकापुरमा अटोरिक्साको भाडादर कायम गर्न, बजारमा ठूलो स्वरमा बजाइने डिजे र लाउड स्पिकरबाट हुने ध्वनि प्रदूषण व्यवस्थापन गर्न, सहरी सडक प्रयोगमा गाह्रो भएकाले ट्राफिक सचेतनामा समन्वय गर्न, प्लाष्टिकको प्रयोग रोक्न नियमित रूपमा अनुगमन गर्न अनुरोध गर्नुभयो । 

    टीकापुर अस्पतालका फार्मेसी इञ्चार्ज जनक शाहले मेडिकल व्यवसायी वा फार्मेसी सञ्चालकलाई फोहर व्यवस्थापनमा समस्या रहेकाले, अस्पतालमा रहेको फोहर व्यवस्थापन केन्द्रसँग समन्वय गरी सहजीकरण गर्न अनुरोध गर्नुभयो ।

    टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले अनुगमनपछि औषधि पसलका सञ्चालक पसल दर्ताका लागि आउन थालेका, २२ मेडिकललाई दर्ताका लागि म्याद दिइएको, आमाको दूध प्रतिस्थापन ऐनको जानकारीपछि व्यवस्थित भएको बताउनुभयो । “हामीले अनुगमनका स्तनपानलाई प्राथमिकता दिनुपर्छ भनी आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरणमा नियमित गरेपछि दूधदानी, पाउडर दूधलगायतका सामग्री मनपरि नबेच्न भनेका छौँ”, उहाँले भन्नुभयो, “अहिले व्यापारी सचेत हुनुभएको छ । डाक्टरको सिफारिस भए मात्र बेच्न थाल्नुभएको छ ।”

    वडा नं १ का वडाध्यक्ष मोहन विकले बजार वडामा करिब तीन हजार व्यवसाय दर्ता रहेकामा, अनुगमनपछि दैनिक पाँच जनासम्म व्यवसाय दर्ता बढेको बताउनुभयो । “प्लाष्टिकमुक्त अभियानमा टोल विकास संस्थालाई तालिम दिएका छौँ”, उहाँले भन्नुभयो, “बजारमा मालबहाक टिपरको गति बढेकाले यसलाई कम गर्नुपर्नेछ । बालबालिका विद्यालय जाने र घर फर्कने समयमा मालबहाक सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्छ । यसले दुर्घटना निम्त्याएको छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान
    प्रतिनिधिसभा विशेष समय: सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
    सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
    • सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
    • शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम
    • कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
    • ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.