सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बिम गाउँमा पक्की पदमार्ग


  •    न्युजभित्तो/६ जेष्ठ २०८३, बुधबार १२:१८ 
  • म्याग्दी, ६ जेठ । यहाँको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँको पदमार्गलाई पक्की बनाइएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्तीभित्रको कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको हो । डाँडागाउँकी मङ्गली पुनले पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफासुग्घर भएको बताउनुभयो ।

    “उकालो, ओरालोमा हिँडडुल गर्दा चिप्लिएर लड्ने, भारी बोकेर हिँड्न गाह्रो भएको थियो, पक्की पदमार्गले गाउँलाई सफा र स्थानीयवासीलाई सहज बनाएको छ”, उहाँले भन्नुभयो । बर्खामा झाडीमा भिज्दै हिँड्नुपर्ने समस्या हटेको र सर्पले टोक्ने जोखिम घटेको पुनले बताउनुभयो ।

    पदमार्ग बनेपछि बिम र डाँडागाउँमा २०० भन्दा बढी घरपरिवार लाभान्वित भएका छन् । बालबालिका र ज्येष्ठ नागरिकलाई आवतजावत र हिँडडुल गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा आर्थिक वर्ष २०८०÷८१ देखि सुरु भएको पदमार्ग निर्माणकार्यलाई चालु आर्थिक वर्षमा पूर्णता दिइएको हो ।

    पहिलो वर्ष पूर्वाधार विकास कार्यालयमार्फत विनियोजन भएको रु ३० लाख बजेटबाट बिम तल्लोगाउँमा ४२५ र डाँडागाउँमा २५० मिटर पदमार्ग निर्माण भएको थियो । आव २०८१÷८२ मा रु १० लाख बजेटबाट तल्लो गाउँमा २९० मिटर नाली र त्यसमाथि पक्की पदमार्ग बनाइएको एकीकृत सेवा कार्यालयका इन्जिनियर सुमन बोगटीले बताउनुभयो ।

    उहाँका अनुसार चालु आवमा एकीकृत सेवा कार्यालयमार्फत विनियोजन भएको रु १० लाख बजेटबाट डाँडागाउँमा ५५० मिटर पदमार्ग निर्माण भएको छ । तेर्सोमा ढुङ्गा बिछ्याएर र उकालोमा सिँढी चिनेर ढलान गरिएको छ । एक दशमलव १० देखि एक दशमलव २० मिटर फराकिलो पदमार्ग निर्माण भएको छ । पदमार्गमा मोटरसाइकल र साइकल पनि हिँडाउन सकिने डाँडागाउँ पदमार्ग निर्माण समितिका अध्यक्ष भलाराम जुग्जालीले बताउनुभयो ।

    माटे पदमार्गमा वर्षा हुँदा हिलो र सुक्खामा धुलोको समस्या थियो । ढलान गरेको पदमार्ग सरसफाइ गर्न सहज भएको तल्लोगाउँका धनकुमार जुग्जालीले बताउनुभयो । तल्लोगाउँमा पदमार्ग निर्माणका लागि चालु आवमा एकीकृत सेवा कार्यालयमार्फत विनियोजन भएको रु पाँच लाख बजेट भने इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका कारण कार्यान्वयन गर्न नसकिएको उहाँले बताउनुभयो ।

    बिम र डाँडागाउँ धार्मिक पर्यटकीयस्थल मालिका र प्रभु चेला धुरीको फेदीका बस्ती हुन् । मालिका र प्रभुचेला जाने पर्यटक तथा भक्तजन बसोबास गर्ने बिम र डाँडगाउँको पृष्ठभूमिमा गुर्जा हिमालको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । सरसफाइमा नमूना बनाउने उद्देश्यले गाउँभित्रको पैदलमार्गलाई पक्की बनाउन बजेट विनियोजन गरेको स्थानीयवासीसमेत रहनुभएका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताउनुभयो ।

    प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीसमेत रहनुभएका जुग्जालीले स्तरोन्नतिका क्रममा रहेको खारा–बिम सडक स्तरोन्नति योजनामार्फत तल्लोगाउँ र डाँडागाउँ बस्तीभित्रको सडक कालोपत्र हुने जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान
    प्रतिनिधिसभा विशेष समय: सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
    सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
    • सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
    • शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम
    • कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
    • ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.