सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘आरोग्य वर्ष २०२७’ को पूर्वतयारीका लागि साझा समझदारीमा जोड


  •    न्युजभित्तो/५ जेष्ठ २०८३, मंगलवार १६:२० 
  • काठमाडौँ, ५ जेठ । नेपाललाई विश्वस्तरको आरोग्य गन्तव्यका रूपमा स्थापित गर्न सरकार, निजी क्षेत्र, शैक्षिक संस्था तथा समुदायबीच सहकार्य र साझा दृष्टिकोणको आवश्यकतामा जोड दिइएको छ । आरोग्यमार्फत नेपालको समृद्धिका आयाम विकास गर्ने उद्देश्यसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रको सहकार्यमा आयोजित ‘आरोग्य संवादः आरोग्य वर्ष २०२७ पूर्वतयारी विमर्श’मा सहभागी वक्ताहरूले सो आवश्यकता औँल्याउनुभएको हो ।

    कार्यक्रममा नेपाल सरकारले घोषणा गरेको नेपाल आरोग्य वर्ष २०२७, आरोग्य पर्यटन रणनीति (सन् २०२६–२०३५) तथा कार्ययोजना (सन् २०२६–२०३०)को प्रभावकारी कार्यान्वयन, आरोग्य पर्यटनको सम्भावना, अन्तरराष्ट्रिय बजार विस्तार, पूर्वाधार विकास, मानव संशाधन क्षमता अभिवृद्धि र नीतिगत समन्वयका विषयमा विस्तृत छलफल भयो ।

    सरकारी निकाय, निजी क्षेत्र, नीति निर्माता, पर्यटन तथा स्वास्थ्य क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको सो संवाद कार्यक्रममा आरोग्य पर्यटन रणनीति ९सन् २०२६–२०३५० को प्रभावकारी कार्यान्वयनका लागि अन्तरमन्त्रालय, निकाय र तीनै तहका सरकारको भूमिकाका विषयमा समेत चर्चा गरिएको थियो ।

    कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल ‘गनेस’ले नेपालमा विद्यमान प्राकृतिक सम्पदा, योग, ध्यान, आयुर्वेद, आध्यात्मिक परम्परा तथा विविधतालाई आरोग्य पर्यटनसँग जोडेर आर्थिक रूपान्तरणको नयाँ आधार निर्माण गर्न सकिने बताउनुभयो । योग, ध्यान, अध्यात्म र आरोग्यसँग जोडिएका ऐतिहासिक तथा सांस्कृतिक आधार प्रस्तुत गर्दै यसलाई अर्थतन्त्रसँग जोड्नुपर्ने उहाँको धारणा थियो । उहाँले आरोग्यलाई केवल शारीरिक स्वास्थ्यको विषयका रूपमा नभई मानसिक, सामाजिक र वातावरणीय आयामसँग जोडेर हेर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा जीवन विज्ञानका संस्थापक भानु गुरुदेवले विश्व पर्यटन क्रमशः ‘वेलनेस टुरिजम’तर्फ रूपान्तरण भइरहेको बताउँदै त्यसका लागि नेपालमा भएका सम्भावनामा काम गर्नुपर्ने बताउनुभयो । स्वास्थ्य, ट्रेकिङ, धार्मिक, सांस्कृतिक, योग, ध्यान, प्राकृतिक उपचारलगायत विभिन्न अवयव आरोग्य पर्यटनभित्र समिटिने उल्लेख गर्दै उहाँले ‘वेलनेस टुरिस्ट’हरू अरू पर्यटकभन्दा बढी बस्ने र खर्च गर्ने अध्ययनहरूले देखाएको बताउनुभयो ।

    आरोग्य पर्यटनलाई नेपालको आर्थिक रूपान्तरणको अवसरका रूपमा लिनुपर्ने बताउँदै उहाँले गण्डकी र लुम्बिनी प्रदेशलाई नमूना आरोग्य प्रदेशका रूपमा विकास गर्ने सम्भावना रहेको धारणा व्यक्त गर्नुभयो । जीवन विज्ञानका अर्का संस्थापक रमेश गुरुदेवले आरोग्यलाई जीवनशैली, व्यवहार र सामाजिक अभ्याससँग जोडेर अघि बढाउनुपर्ने बताउँदै ध्यानको अभ्यास गराउनुभयो ।

    सो अवसरमा जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रका संयोजक पूर्वमुख्यसचिव डा वैकुण्ठ अर्यालले आरोग्य पर्यटन र आरोग्य वर्ष सफल कार्यान्वयनका लागि अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले केन्द्रले आगामी दिनमा आरोग्य पर्यटन, मानसिक स्वास्थ्य, योग–ध्यान, प्राकृतिक उपचार र समग्र आरोग्यसम्बन्धी नीति संवाद तथा अध्ययनलाई निरन्तरता दिने उल्लेख गर्नुभयो ।

    कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौला, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा विकास देवकोटा, कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा राजेन्द्र मिश्र, परराष्ट्र मन्त्रालयका सहसचिव मनिरत्न शर्मा, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले सार्वजनिक गरेको रणनीतिका विषयमा सरोकारवाला मन्त्रालय र निजी क्षेत्रको भूमिकाका बारेमा प्रकाश पार्नुभयो ।

    सोही अवधारणाको आधारमा भएको संवाद कार्यक्रमले आरोग्य वर्ष २०२७ सफल बनाउन बहुपक्षीय सहकार्य, नीति कार्यान्वयनमा तीव्रता र अन्तरराष्ट्रियस्तरमा नेपालको आरोग्य पहिचान दिनेछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जोखिम मोलेर मह सिकार
    नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
    ‘आरोग्य वर्ष २०२७’ को पूर्वतयारीका लागि साझा समझदारीमा जोड
    • मुक्त घोषित कृषि बँधुवा मजदुरलगायतका पुनःस्थापना निष्कर्षमा पुर्‍याउन आग्रह
    • तनहुँको देवघाट वन डढेलोको उच्च जोखिममा
    • आगलागीपीडित थापामगर परिवारलाई आवास र राहत
    • राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.